रामनवमी पर्वको अवसरमा हिलेमा खाना महोत्सव, पाँच दिनमा करोडको कारोबार गर्ने लक्ष्य
धनकुटा खबर, पर्यटकियस्थल धनकुटाको हिलेमा चैत्र ११ देखि १५ गतेसम्म पहिलो खाना महोत्सव हुने भएको छ ।
रामनवमी पर्वको अवसरमा कृषि, पर्यटन, व्यापार, स्वाथ्य र स्वरोजगार समुन्नत हिलेको आर्थिक विकासको आधार भन्ने मुलनाराका साथ खाना महोत्सव गर्न लागिएको आयोजक समितिका संयोजक खगेन्द्र बिष्टले जानकारी दिए ।

महोत्सवमा स्थानीय तथा विभिन्न जातजातिका खानाका २० स्टल रहने बिहीबार हिलेमा आयोजित पत्रकार सम्मेलनमा जानकारि दिइयो । पाँचदिने महोत्सव अवधीमा स्थानीय होटलहरुमा आगन्तुकका लागि खाना र बस्नमा बिशेष छुट दिईने बताइएको छ ।
पाँच दिन सम्म चल्ने महोत्सवमा ५० हजार पर्यटक भित्राउने र करीब १ करोड रुयैयाँ बराबरको कारोबार गर्ने लक्ष्य राखिएको छ । बाह्रै महिना पर्यटकहरुले भरिभराउ हुने हिलेमा खाना महोत्सव हुने भएपछि होटल र पर्यटन ब्यबशायी उत्साहित भएका छन् ।
हिले र स्थानीय उत्पादनको प्रवद्र्धनका लागि महोत्सव महत्वपूर्ण रहने उद्योग बाणिज्यसंघ धनकुटाका उपाध्यक्ष ठेगनाथ घिमिरेले बताए । महोत्सवमा स्थानीय कलासंस्कृति र भेषभुषाको प्रर्दशनीका साथै राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुती रहने छ । पत्रकार सम्मेलनको तस्बिर पनि छ ।


