नेपाल सहित ८ मुलुकका कला साधकहरुको समुह धनकुटा आईपुग्यो

धनकुटा खबर । नेपाल सहित विभिन्न आठ मुलुकका कला साधकहरुको एक समुह कलायात्राका क्रममा धनकुटा आईपुगेको छ ।

नेपाल सहित, छिमेकि मुलुक भारत, बंगलादेश, जापान, इण्डोनेशिया, दक्षिणकोरिया र अमेरिका लगायत देशका भित्तेचित्रका पारखी, बाद्यवादक, संगित क्षेत्रका विद्यार्थी र अमूर्त कला साधकहरु अभिब्यक्ति अभियान लिएर धनकुटा पुगेका हुन् ।

स्थानीय देउराली यूवा क्लवको संयोजनमा दुईदिनसम्म उनिहरुले विभिन्न अभिव्यक्ति र भावाकृतिका माध्यमबाट गीत संगित र कलाका विभिन्न रुप प्रस्तुत गरेका हुन् । काठमाण्डौं पछि धनकुटा पुगेका कला साधक र पारखीहरुको प्रस्तुति हेर्न सर्वसाधारणको भीड लागेको थियो ।

कलाकारहरुको टीमले अघिल्लो बर्ष धनकुटा सदरमुकामका चौकहरुमा धर्मसंस्कृति, जातिय र स्थानीयको दैनिक जीवनयापन झल्कने वाल पेन्टिङ समेत गरेका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।