जरुवा र भूमिगत मुहान सुकेपछि डिप बोरिङ्गबाट पानी

धनकुटा खबर । बर्षैदेखि स्थानीयले खानेपानीका लागि प्रयोग गर्दै आएका जरुवा र भूमिगत मुहान सुकेपछि धनकुटामा खानेपानीका लागि डिप बोरिङ्ग प्रविधिको चलन बढ्न थालेको छ ।

खर्चिलो भएपनि पानीका स्रोत सुक्दै गएका सुख्खाग्रस्त स्थनमा डिप बोरिङ्ग प्रविधि लोकप्रिय बन्दै गएको हो । खानेपानीको चरम अभाव खेप्दै आएको धनकुटा नगरपालिकाको हिले बजारका तीन स्थानमा डिप बोरिङ्ग मेसिन जडान गरि पानी तान्न थालिएको छ ।

गतबर्ष ४५ लाख रुपैयाँ खर्चेर हिलेकै न्यूरोडमा संचालनमा ल्याएइको डिप बोरिङ्गबाट यहाँका सात सय ५० घर उपभोत्ताले खानेपानी सुविधा लिइरहेका छन् । हिले बजारको दुइ किलोमिटर क्षेत्रमा मात्रै तीनवटा डिप बोरिङ्ग मेसिन संचालनमा रहेको हिले डिप बोरिङ्ग योजना धनकुटाका सचिब अमित लो तामाङ्ग जानकारी दिए ।

खानेपानीको अभावमा रहेका धनकुटाको शहिदभूमि र छथरजोरपाटी गाउँपालिकामा पनि यो प्रविधि प्रयोगका लागि अध्ययन भैरहेको छ । समुन्द्रि सतहबाट एकहजार ६ सय मिटरको उचाइमा प्रति सेकेन्ड १० लिटर पानी तान्न सफल भएपछि अन्य स्थानका उपभोक्ता पनि यो प्रविधि प्रति आकर्षित भएका हुन् ।

खानेपानी संकट चुलिदै गएपनि धनकुटा स्थित पूर्वाञ्चल खानेपानी क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालयको तथ्याङ्गले धनकुटामा खानेपानीको पहुँमा रहेका उपभोत्ताको संख्या बढेर ८४ प्रतिशत पुगेको देखाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।