नेपाल पत्रकार महासंघ धनकुटाको ६३ औं स्थापना दिवस मनाईयो

धनकुटा खबर । नेपाल पत्रकार महासंघ धनकुटा शाखाले महासंघको ६३ औ स्थापना दिवश अनुभव आदान प्रदान कार्यक्रम गरेर मनाएको छ ।

सो अबसरमा पत्रकारहरुले लेटर प्रेस,हाते लेखन,फ्याक्स देखि आधुनिकक प्रविधी सग काम गरेको अनुभव सुनाएका थिए । पत्रकारीतामा भरपुर सम्भावना भएकाले दिनप्रतिदिन यो पेशा प्रति आकर्षण देखिएकोले यसलाई जनतामा उत्तरदायी बनाउनुपर्ने आजको आबस्यकता देखिएको पत्रकारहरुले औलाएका छन् ।

शाखाका उपाध्यक्ष नगेन्द्र राईको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ धनकुटाका संस्थापक अध्यक्ष सन्जय सन्तोषी राई, पूर्व अध्यक्ष विजय सन्तोषी राई, निर्तमान अध्यक्ष खगेन्द्रप्रसाद घिमिरे,अग्रज पत्रकार मोहोन ढुङगेल,सल्लाकार भेषराज कटेल,प्रेस चौतारीका अध्यक्ष सन्तोष रुचाल, प्रेस युनियनका अध्यक्ष यानिन्द्र तिगेला, रेडियोहरुका तर्फबाट रेडियो मकालु धनकुटा अध्यक्ष शोविस चेम्जोङ्ग,रिपोर्टस क्लव धनकुटा शाखाका अध्यक्ष बिनोद घिमिरे लगाएतले शुभकामना दिनुभएको थियो ।

पत्रकार महासंघ धनकुटाका सचिव विदुर खवासले सञ्चालन गर्नुभएको कार्यक्रममा सहसचिव हरिबहादुर लम्जेलले स्वागत मतव्य राख्नुभएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।