चुलिबन घुम्न आएका पर्यटकले दिए यस्तो सुझाब !
धनकुटा खबर । २०७४ सालको विदाई र नयाँ बर्ष २०७५ साल लाई स्वागत गर्दै धनकुटाको पर्यटकीय क्षेत्र चुलिबनमा घुम्न आएका आन्तरीक पर्यटकले यस क्षेत्रको भौतिक विकासको पक्ष लाई ध्यान दिन आग्रह गरेका छन् ।

नयाँ बर्षको अवसरमा चुलिवन घुम्न आएका धरानका संजिब राईले भने घुम्नका लागि चुलिवन राम्रो भए ता पनि आफुले सोचे अनुसारको भौतिक पूर्वाधारको विकास नभएको बताए । उनले भने भौतिक पूर्वाधारमा संवन्धीत निकायले ध्यान दिन जरुरी छ ।

त्यस्तै इटहरी बाट भेडेटार सम्म घुम्ने योजनाका साथ आएका अशोक कुमार यादवले भने चुलिवनको बारेमा सुने र यहाँ सम्म आएको बताए । उनले भने आफू पर्यटनको विद्यार्थी पनि भएकोले यहाँको कला संस्कृति र भौतिक व्यावस्थापनको पक्ष लाई संवन्धित निकायले विकास गरे पर्यटकिय गतिविधि बढाउन सकिने सुझाब दिए ।

उनले भने स्थानिय आठपहरीया जातीको कला संस्कृती झल्कने संग्रालय, खानेपानी, शौचालय र वनभोज स्थलकाको लागि मात्र पूर्वाधार तयार गरिए मात्र पनि यस क्षेत्रको पर्यटन विकासका लागि १२ महिना पर्यटन आउन सक्ने अबस्था रहेको बताए ।


