जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाद्वारा ५६ लाख राजश्व संकलन

धनकुटा खबर । जिल्ला ट्राफिक प्रहरी कार्यलय धनकुटाले गत आर्थिक वर्ष २०७४/७५ मा ५६ लाख ४ हजार राजश्व संकलन गरेको छ ।

आर्थिक वर्ष २०७३/७४ को तुलनामा ट्राफिक प्रहरी कार्यलयले ०७४/७५ मा १६ लाख ४ हजार वढी राजश्व संकलन गरेको हो ।

ट्राफिक प्रहरी दिपक खड्काले दिनुभएको जानकारी अनुसार १ हजार ३ सय ६९ वटा ट्रक,१ हजार २ सय १७ वटा वस,१ हजार ७ सय ७८ वटा जिपकार,१ हजार २ सय २८ वटा ट्याक्टर, ४ हजार २ सय १ मोटरसाईकल र अन्य ७ वटा सवारी कार्वाहीको क्रममा उल्लेखित राजश्व संकलन भएको हो ।

आर्थिक वर्ष २०७३र७४ मा कार्यलयले १ हजार २ सय ९३ ट्रक, ५ सय ८९ वस, १ हजार १ सय ४९ जिपकार, १ सय १६ वटा ट्याक्टर,२ हजार ७४ वटा मोटर साईकल र अन्य ४० वटा सवारी कारवाही मार्फत ४० लाख राजश्व संकलन गरेको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।