‘धनकुटाको छथरमा अस्वभाविक कर बढाएको छैन’
धनकुटा खबर । करको विषयलाई लिएर जिल्ला र देशै भर चर्चा चलिरहदा धनकुटाको छथरजोरपाटी गाउँपालिकाले भने अस्वभाविक कर नबढाएको जनाएको छ ।
करको दायरा लाई केहि बढाए पनि कर बृद्धी अस्वभाविक नरहेको छथरजोरपाटी गाउँपालिकाका प्रवक्ता टेकबहादुर तामाङ्गले धनकुटा खबरसंग कुरा गर्दै यस्तो बताएका छन् ।
उनले भने,- मुख्य राजमार्गले छोएको जग्गाको मूल्याङ्गनका आधारमा र व्यापारीक क्षेत्र बजार लाईमा कर केहि बढेको र करको बिषयमा छलफल बहस परामर्श गरी कर निर्धारण गरीएकोले मार पर्ने हिसावले गरीएको छैन् ।
अस्वभाविक रुपमा मूल्याङ्गन बिना कर बृद्धि गरीएको भन्दै नेपाली कांग्रेस धनकुटा कर बृद्धि फिर्ता लिन केहि गाउँपालिकामा ज्ञापन पत्र समेत बुझाएको छ ।


