७५ लाख राजश्व संकलन गर्ने छथरजोरपाटीको लक्ष्य !

धनकुटा खबर । धनकुटाको छथरजोरपाटी गाउँपालिका आर्थिक बर्ष २०७५-०७६ मा ७५ लाख रुपैया राजश्व संकलन गर्ने लक्ष्य लिएको छ ।

गत आवमा ५० लाख रुपैया राजश्व संकलन गर्ने लक्ष्य लिएको गाउँपालिकाले लक्ष्य भन्दा ७ लाख रुपैया कम अर्थात ४३ लाख रुपैया मात्रै संकलन गर्न सफल भएको थियो । त्यस समय लक्ष्यमा पुग्न नसकेको गाउँपालिका ले २०७५/०७६ मा २०७४ /०७५ मा भन्दा २५ लाख रुपैया बढी राजश्व संकलनको लक्ष्य राखेको छ ।

अघिल्लो आर्थिक बर्षमा करका दायरा नबढेको कारण लक्ष्य अनुसार राजश्व संकलन नभएको तर यो बर्ष लक्ष्मा पुग्ने योजना भएको छथरजोरपाटी गाउँपालिकाका सूचना अधिकारी उपेन्द्र श्रेष्ठले जानकारी दिए ।

आर्थिक बर्ष २०७४/०७५ मा सबै भन्दा बढी राजश्व वडा न. ६ ले संकलन गरको र सबै भन्दा कम राजश्व साविक तेलिया गाविसमा पर्ने वडा न. ४ ले गरेको श्रेष्ठले बताए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।