धनकुटाको हिलेमा तिजको चहलपहल शूरु

धनकुटा । नेपाली महिला दिदीवहिनीहरुको विशेष पर्व हरितालिका तिजको चहलपहल धनकुटाको हिलेमा शूरु भएको छ ।

यस अवसरमा आज यहाँको श्री कृष्ण जागृत भजन र्कितन समूहले एक कार्यक्रमको आयोजना गरि यो पर्व मनाएको छ । खास गरी आफ्नो पतिको सु स्वास्थ्य र दिर्घायुको कामना गर्दै मनाउने तिज पर्वको अवसरमा यो समूहले यहाँका दिदीवहिनीहरु सँग एकापसमा भेला भई दर खाएर भजन र्कितन र तीजको गीत गाउदै भव्यतामा साथ नाचगान गरी मनाएको समूहकी लक्ष्मी कटुवालले वताउनुभयो ।

हिले सिरान रत्न षडेश्वर मन्दिरमा सञ्चालित कार्यक्रममा यहाँका विभिन्न समूहका दिदीवहिनीहरुको उल्लेख्य सहभागीता थियो ।

धार्मिक ग्रन्थहरुमा उल्लेख भएअनुसार देवी पार्वतीका वुवाले देवताहरुका पनि देवता भगवान विष्णु सँग पार्वतीको विवाह गरिदिने निर्णय गरेपछि पीताको सो निर्णय प्रति आफु दुखी भएको र आफुले भगवान शिवलाई चाहेको कुरा साथीहरुलाई पार्वतीले वताएपछि साथीहरुले उनलाई हरण गरी जंगलमा लुकाएर राखेको र त्यही नदीको किनार नजिक एक गुफामा वसी शिव लिंग वनाई भाद्र महिनाको शूक्ल पक्ष हस्त नक्षत्रले युक्त तृतीय तिथिमा महादेवको पूजा आराधना गरी पार्वतीले शिवजीलाई पाएको उल्लेख छ ।

केराको थम्वा ठड्याइ मण्डप वनाएर तोरणले सिंगार गरी सुगन्ध चन्दनहरुले वालुवाको शिवलिंग खडा गरी मध्यान्न उप्रान्त भगवान शिवको पूजा गरी तिजको व्रत वस्ने चलन छ । तिजको व्रतमा फूलपाति नैवेद्य, नरिवाल, सुपारी,ज्यामिर ताथ पुष्प अर्पण गरी पूजाआराधना गरे आफ्नो मनोकांक्ष पूरा हुने विश्वास छ ।

यो पर्व भाद्र महिनाको शूक्ल पक्षको तृतीय तिथीमा मनाउने गरिन्छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।