महिला सशक्तिकरण सहकारी हिलेको वार्षिक साधारणसभा सम्पन्न, उत्कृष्ट कर्मचारी सम्मानीत
धनकुटा । महिला सशक्तिकरण वचत तथा ऋण सहकारी संस्था हिलेको आज ७ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
संस्थाकी अध्यक्ष पेमा कुमारी लामाको अध्यक्षता तथा धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङको प्रमुख आतिथ्यमा सञ्चालित साधारण सभामा अध्यक्ष लामाले २ करोड ५ लाख २० हजार ३ सय ७६ रुपयाँ वरावरको वार्षिक आयव्यय प्रस्तुत गर्नुभएको थियो ।
सहकारी संस्थाले आर्थिक वर्ष २०७५र७६ मा १० हजार वरावरको शेयर विक्रि, १ करोड ५० लाख वरावरको निक्षेप संकलन, १ करोड १५ लाख वरावरको निक्षप फिर्ता, १ करोड २५ लाख ऋण लगानी, ९० लाखको ऋण असुली र १ करोड ५० लाख वरावरको ऋण माग सहित जम्मा ६ करोण ३० लाख १० हजार वरावरको वार्षिक कार्ययोजना सञ्चालन गर्ने लक्ष राखेको छ ।

सभाकै अवसरमा संस्थाका उत्कृष्ट कर्मचारी रिमा पापो र शर्मिला राईलाई सम्मान गरिएको छ ।
त्यस्तै उत्कृष्ट वचतकर्ता १ जना, ३ जना एकल महिलाहरुलाई पनि सम्मान गरिएको छ । सभाको सञ्चालन संस्थाका व्यवस्थापक सुनिता लावतीले गर्नुभएको थियो ।
स्वागत मन्तव्य लेखा समिति अध्यक्ष गीतादेवी कार्की घिमिरेले राख्नुभएको थियो ।


