कस्मिरमा तीन प्रहरीको अपहरणपछि हत्या

श्रीनगर (भारत) । भारत प्रशासित कस्मिरमा लडाकूहरुले अपहरण गरी लगेका तीन प्रहरीको हत्या गरिएको छ ।

स्थानीय निर्वाचनको पूर्वसन्ध्यामा शुक्रबार यस्तो तनावपूर्ण घटना भएको जनाइएको छ ।

दशकौंदेखि हिंसा भइरहेको ठाउँमा पछिल्ला महिना हिंसाका घटना थप बढेको स्थानीय प्रहरी अधिकारीहरूले जानकारी दिएका छन् । त्यस्ता घटना धेरै प्रहरीतर्फ केन्द्रित भएका छन् ।

सन् १९४७ मा बेलायती उपनिवेशबाट मुक्त भएदेखि नै कस्मिरमा भारत र पाकिस्तानबीचको सीमानालगायतका विषयलाई लिएर विवाद हुँदै आएको छ । दुवै देशले कस्मिरलाई आफ्नो भू–भाग भएको दाबी गर्दै आएका छन् ।

कस्मिर क्षेत्रलाई नियन्त्रणमा लिनका लागि भारतले झन्डै पाँच लाख सुरक्षाकर्मी त्यस क्षेत्रमा खटाएको छ । रासस/एएफपी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।