धनकुटामा पनि युएनडिपी को ‘गरिवी निवारण कार्यक्रम’ आउँदै
धनकुटा । धनकुटामा पनि संयुक्त राष्ट्र संघिय कार्यक्रम (युएनडिपी) को ‘गरिवी निवारण कार्यक्रम’ सन्चालनमा आउने भएको छ ।
अष्ट्रेलियन सरकारको आर्थिक तथा प्राबिधिक सहयोगमा नेपाल भरीका ७७ जिल्लाका स्थानिय तह मार्फत् आगामी ५ बर्षका लागि उक्त कार्यक्रम सन्चालनमा आउन लागेको हो ।
यसै क्रममा उक्त कार्यक्रम लागू गर्ने संस्था काठमाण्डौ युनिभर्सिटी स्कुल अफ ल ले शनिबार धनकुटाका सरोकारवालाहरु संग परामर्श गरेको छ ।
आर्थिक रुपमा बिपन्न वर्गलाई लघु उद्यमबाट उनीहरुको जीवन स्तर उकास्न लागु गर्न लागिएको उक्त कार्यक्रम कार्यबिधी निर्माणका लागि छलफल तथा परामर्श गरिएको हो ।

कार्यक्रममा धनकुटाका सरोकारवालाहरुले कार्यक्रमका लागि उचित ब्यक्तिको पहिचान,उत्पादित बस्तुको बजारिकरणको शुनिश्चितता र अनुगमनको बिषय चुस्तदुरुस्त हुनुपर्ने सुझाव दिएका थिए ।
संस्थाका तर्फबाट बिश्वबिदालयका तर्फबाट डा.बिपिन अधिकारी,संविधानविद गणेश दत्त भट्ट र बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो ।


