धनकुटाको सडकमै चालकको आँखा परिक्षण !

धनकुटा । ट्राफिक कार्यालय धनकुटाले कोशी राजमार्गमा गुड्ने सवारी साधनका चालकहरुको सडकमै निःशुल्क आँखा परिक्षण गरेको छ ।

धनकुटा नगरपालिका वडा नं.–६ को समन्वय र नेत्रज्योती संघ धनकुटाको प्राबिधिक सहयोगमा धनकुटा–हिले सडक खडक खण्डमा चालकहरुको आँखा परिक्षण गरेको हो ।

एक दिने शिविरमा १ सय १२ जना सवारी चालकको आँखा परिक्षण गरिएको ट्राफिक कार्यालय धनकुटाका प्रमुख सुरेन्द्र खड्काले जानकारी दिनुभयो ।

परिक्षणको क्रममा अधिकांश सवारी चालकमा एलर्जीको लक्षण देखिएको र ४५ जना विरामीलाई निःशुल्क औषधि वितरण गरिएको वडाका कार्यवाहक अध्यक्ष मिलन खड्कीले बताउनुभयो ।

आँखाको कारण पनि सवारी दुर्घटना हुने भएकाले गर्दा जोखिम न्यूनिकरण गर्ने उदेश्यले शिविर संचालन गरिएको उनले जानकारी दिनुभयो ।

‘दृष्टि सबैको अधिकार’ भन्ने नाराका साथ सम्पन्न सिविरको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरिक्षक सुरेन्द्र बहादुर तामाङ्गले आँखा जाँच गरेर उत्घाटन गर्नुभएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।