धनकुटामा जीप दूर्घटना हुँदा २ जनाको मृत्यू, १४ जना घाईते

धनकुटा खबर । धनकुटाको सागुरीगढी गाँउपालिका ९ हर्दियामा आज जीप दूर्घटना हुँदा २ जनाको मृत्यू भएको छ । १४ जना घाईते भएकाछन् ।

मृत्यू हुनेहरुमा सागुरीगढी १० आहालेकी ३९ वर्षकी सनमाया राई र पाँचथर घर भई हाल आहाले मै छोरी ज्वाईकोमा वस्दै आउनुभएकी ६१ वर्षकी देवी माया सुनुवार रहेको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रहरी निरिक्षक सुरेन्द्र बहादुर गुरुङले जानकारी दिनुभयो ।

धनकुटाको सागुरीगढी १० तम्राङवाट धरान तर्फ जाँदै गरेको को १ ज १८२१ नं को जीप व्रके फेल भएर दुर्घटना भएको प्रहरी निरिक्षक गुरुङले वताउनुभयो । घाईते सवैलाई उपचारको लागि वि पी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएको छ ।

दूर्घटनाग्रस्त जीप सडकवाट अन्दाजी १ सय ५० मिटर तल खसेको थियो । (फाईल फोटो)

धनकुटा जीप दूर्घटना अपडेट : २ जनाको मृत्यू, घाईते हुनेको सङ्ख्या १४ जना नभई १५ रहेको छ (नामावली सहित हेर्नुहोस्)



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।