धनकुटा जीप दूर्घटना अपडेट : २ जनाको मृत्यू, १५ घाईते (नामावली सहित)
धनकुटा खबर । धनकुटाको सागुरीगढी गाँउपालिका ९ हर्दियामा आज जीप दूर्घटना हुँदा २ जनाको मृत्यू भएको छ भने दुर्घटनामा परी १५ जना घाईते भएका छन् ।
मृत्यू हुनेहरुमा सागुरीगढी १० आहालेकी ३९ वर्षकी सनमाया राई र पाँचथर घर भई हाल आहाले मै छोरी ज्वाईकोमा वस्दै आउनुभएकी ६१ वर्षकी देवी माया सुनुवार रहेको जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रहरी निरिक्षक सुरेन्द्र बहादुर गुरुङले धनकुटा खबरलाई जानकारी दिनुभयो ।
धनकुटाको सागुरीगढी १० तम्राङवाट धरान तर्फ जाँदै गरेको को १ ज १८२१ नं को जीप व्रके फेल भएर दुर्घटना भएको प्रहरी निरिक्षक गुरुङले वताउनुभयो । घाईते हुनेहरुमा सवै सागुरीगढी गाउँपालिका १० का रहेकाछन् ।
घाईतेहरु सनिषा राई, काशिराम राई, सुमन राई,चन्द्रमाया राई, लक्षमण राई युवकजंग राई, चन्द्रकला राई, पञ्चमाया राई, सन्दिप राई, फूलमाया राई मित्र राई, सविना राई, श्याम कुमारी लिम्वु, रविना राई र सुखमाया राई रहेको धरान ईलाका प्रहरी कार्यलयलाई उधृत गर्दै स्थानिय नगेन्द्र राईले जानकारी दिनुभयो ।
उनीहरु मध्ये एक जनाको अवस्था गम्भिर रहेको जनाईएको छ । घाईते सवैको वि पी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको छ । दूर्घटनाग्रस्त जीप सडकवाट अन्दाजी १ सय ५० मिटर तल खसेको थियो ।
पूर्व प्रकाशित खबर हेर्नुहोस् – धनकुटामा जीप दूर्घटना हुँदा २ जनाको मृत्यू


