धनकुटाका बिद्यालयहरुलाई १ करोड ८८ लाख बैदेशिक अनुदान !, कुन स्थानिय तहलाई कति ?

धनकुटा खबर । धनकुटाका जिल्लाका स्थानिय ७ तहका ९४ सामुदायिक बिद्यालयहरुले शिक्षण सुधार कार्यक्रमका लागि १ करोड ८८ लाख अनुदान पाउने भएका छन् ।

नेपालका २० जिल्ला सहित अमेरिकन संस्था युएसएआइडीले धनकुटामा लागु गरेको प्रारम्भिक शिक्षा कार्यक्रम(ईजीआरपी) अन्तर्गत उक्त अनुदान दिन शुरु गरिएको हो ।

२०७३ सालबाट धनकुटाका २ सय ९१ बिद्यालयमा लागु गरिएको बिद्यालयहरु मध्ये बिद्यार्थी सिकाई र प्रगतिको आधारमा उक्त अनुदान दिन लागिएका शिक्षा बिकास तथा समन्वय ईकाइ धनकुटा प्रमुख राम बहादुर थापाले जानकारी दिए ।

छनौट भएको बिद्यालयहरुलाई भदौबाट दुई÷दुई लाखका दरले अनुदान उपलब्ध गराईको कार्यक्रमको श्रोत ब्यक्ति योगेन्द्र चापागाईले जानकारी दिएका छन् ।

अनुदान पाउने बिद्यालयहरुमा धनकुटा न.पा.का १३,पाख्रिबास न.पा.का १२,महालक्ष्मी न.पा.का १७,छथर गाउँपालिका ९,शहिदभूमी गाउँपालिकाका १२,साँगुरीगढी गाउँपालिका १६ र चौबिसे गाउँपालिकाका १५ सामुदायिक बिदालयहरु रहेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।