टि–स्टेटमा एउटा ताला लगाउने अर्को फोड्ने !
धनकुटा खबर । धनकुटा हिलेमा रहेको गुराँशे टि स्टेटमा एक पक्षका मजदुरले लगाएको ताला केहि समय नबित्दै अर्को पक्षका मजदुरले तोडेका छन ।
उद्योगले मजदुरलाई एकपक्षीय ढंगले कामबाट निकालेको भन्दै पुर्नबहालीको माग गर्दै अखिल नेपाल चिया मजदुर संघले बुधबार लगाएको थियो ।
तर तालाबन्दि गरेको केहि समय नबित्दै उद्योगमा मासिक तलबमा काम गर्ने मजदुरले ताला तोडेका हुन् ।
आफूहरुसँग कुनै सल्लाह नगरि तालाबन्दी गरेकोले आफूहरुले ताला तोडेको उद्योगमा कार्यरत आशिष राउतले बताउनुभयो ।

यता अखिल नेपाल चिया मजदुर संघ इकाइ अध्यक्ष निर्मला तामाङ सरकारले ३ सय ८५ तोकेको भइपनि २ सय ५३ दिएको बताउनुभयो ।
निकालिएका मजदुरहरुको पटकपटक पुनर्बहालीको माग गर्दापनि सुनुवाई नभएपछि बाध्य भएर आन्दोलनमा उत्रनु परेको जानकारी दिनुभयो
संघ जिल्ला अध्यक्ष नारायण तामाङले मजदुरको पुनर्बहाली र गत साउन ३१ बाट लागु भएको श्रम ऐन कार्यान्वयन नभएसम्म आन्दोलन जारी रहने बताउनुभयो ।
टि–स्टेटका ब्यबस्थापक नविन कार्कीले सबैको सहमतिमा गत भदौ ठेक्का प्रणालीमा काम सुरु गरिएको भएपनि मजदुरले आन्दोलन सुरु गरेको जानकारी दिनुभयो ।


