कर्मकाण्ड जान्ने ब्राह्मण पाउन मुस्किल !
धनकुटा खबर । यूवा पुस्ताले कर्मकाण्ड अध्यायन नगर्दा देउ तथा पितृ कार्यका लागि कर्मकाण्ड जान्ने ब्राह्मण पाउन मुस्किल हुन थालेको छ ।
युवाहरुले यस पेशाको अध्यायन नगर्दा र गरेकाले पनि कर्मकाण्ड नगर्दा गाउँ घर तथा शहर बजारमा समेत गुरु पुरहित पाउन मुस्किल हुन थालेको छथरगाउँपालिकाका स्थानिय हिमलाल गिरी बताउछन् ।
उनि भन्नछन्,- पहिला गाउँघरमा काशी, बृन्दाबनमा गएर कर्मकाण्ड पढेर आएका गुरु पुरहित जति पनि भेटिन्थे तर अहिले गुरु पुरहित अरु बेला त भेटन गाह्रो थियो त्यसमा पनि सोह्र श्राद्धको समयमा त समस्या ज्यादै हुने गरेको बताउछन् ।

पुरोहित यज्ञप्रसाद खनाल भन्छन्,- पहिला संस्कृतपाठ शाला धेरै तिर थिए ब्राहृमणले अध्ययन गर्ने पर्ने बाध्यता थियो, नेपालमा नभए भारतमा गएर भए पनि संस्कृत जान्नै पर्ने भएकाले पनि संस्कृत जानेकाले कर्मकाण्ड गराउथे तर अहिले संस्कृत भाषा र कर्मकाण्ड प्रति यूवाहरुको चासो नजादा परम्परा देखि चलि आउका हाम्रो संस्कृतीक सम्पदा नै हराउने अवस्था भएको बताउछन् ।
बाबु बाजेले गरी ल्याएको कार्य गर्नकालागि समेत यूवा पुस्ताले ध्यान नदिदा पुरानो पुस्ता सकिए संगै देउ तथा पितृ कार्य समेत सकिने अवस्था भएको खनाल बताउछन् । त्यसैले यस्ता परम्परागत पक्षको संरक्षण गर्नु आवस्यक देखिन्छ ।


