चाडपर्ब नजिकीएसंगै सामग्री किन्न नेपाली भारतमा !
जोगबनी । दशै तिहार र छठ जस्ता चाडपर्ब नजिकीएसंगै सीमापारिको बजार जोगवनीमा सामान खरिद गर्न जाने नेपालीको संख्या बढ्दै गएको छ ।
ठूला चाडपर्ब नजिकीएका बेला सामावरीपरि बस्ने नागरीक एक देश बाट अर्को देशमा गएर किनमेल गर्नु सामान्य कुरा हो तर धनकुटा, तेह्रथुम, भोजपुर लगायत जिल्ला बाट पनि चाडपर्ब सामग्री किनमेलकाका लागि नेपाली बजार छोडेर भारतीय बजारमा पुग्ने गरेका छन् ।
भारतीय बजार जोगवनीमा भेटीएका भोजपुरका विक्रम राईले भने चाडपर्व नजिकिदै गएका छन् त्यसैले घर जाने बेलामा जोगवनी बाटै केहि समाग्री ल्याउकी भनेर जोगबनी आएको बताए ।
त्यस्तै काम बिशेषले इटहरी झरेका धनकुटाका रमेश कार्की पनि चाडबाड लाई केहि खाद्यन्य र लुगाफाटो जोगवनी बाटै लाने विचारले जोगवनी सम्म आएको धनकुटा खबर लाई बताए ।

चाडपर्बका बेला सिमापारी खाद्यन्य, लताकपडाका साथै दैनिक उपभोग्य सामग्री खरिद गर्न नेपाली जानाले त्यहाका व्यापारी लाई भने भ्याइनभ्याई भएको बताउछन् ।
भारतीय जोगवनीका व्यापारी मनिश सिंहले भने नेपाल बाट दैनिक उपभोग्य, बस्तु लता कपडा खरिदका लागि नेपाली प्राय जोगवनी नै आउने गरेका छन् त्यसमा पनि चाडबाडको बेला धरान विराटनगर लगायत तराइृका स्थान बाट मात्र नभएर पहाडी जिल्लाबाट समेत मान्छे किनमेलका लागि यहाँ आउदछन् । जस्ले गर्दा यहाँको व्यापार बढ्दै गएको छ अब एक महिना सम्म यहाँ राम्रो व्यापार चल्छ ।
जोगवनीमा नेपालीहरुको भिड भए पनि सिमाका नेपाली बजार भने सुनसान देखिन्न छन् । धरानकी सुनिता दहालले भनिन्न नेपालको भन्दा भारतीय बजार जोगवनीमा सामन सस्तो हुने हुदा चाडपर्वका लागि सामग्री जोगवनी बाटै लाने गरेको बताइन् ।
यसरी नेपाली उपभोक्ता लाई सिमापारी किनेमेलका लागि जाने वतावरण आउन नदिनका लागि सम्बन्धीत निकायले महँगी घटाउनु पर्ने, नाफा लाई सिमित गर्नु पर्ने साथै ठाउँ अनुसार एकै किसिमको मुल्य लिनु पर्ने उपभोक्ताको भनाई छ ।


