चाडपर्वलाई लक्षित गर्दै धनकुटामा अनुगमन तिब्र पार्न र जुवा-तास रोक्न सुझाव
धनकुटा खबर । चाडपर्वलाई लक्षित सुरक्षा योजना, आपूर्ति सहज र सामाजिक विकृति नियन्त्रणका विषयमा सरोकारवालाहरुको सुझाव संकलन गरिएको हो ।
आउन लागेको दशै तथा तिहारमा धनकुटा बजार अनुगमन तिब्र पार्नुपर्ने र जुवा÷तास खेल्नबाट रोक्न प्रशासन लाग्नुपार्ने सरोकारवालाहरुले शुझाव दिएका छन् ।
कार्यक्रममा विभिन्न संघ÷संस्थाका प्रतिनिधी तथा सरोकारवालाहरुले आआफ्नो तर्फबाट सुझाव तथा समस्या राखेका थिए ।

जिल्ला प्रशासन कार्यालय धनकुटाले दशैँ, तिहार र छठ पर्वका बिषयमा शुक्रबार सरोकारवालाहरु संग गरेको छलफलमा यस्तो सुझाव दिएका हुन् ।
कार्यक्रममा जिल्ला समन्वय प्रमुख टंक चुवान, जिल्ला प्रहरी प्रमुख सुरेन्द्र गुरुङ, धनकुटा नगरपालिका उपप्रमुख शकुन्तला बस्नेत लगाएतले सबैलाई सौहार्दपूण तरिकाले चाडपव मनाउन अनुरोध गरेका छन् ।
कार्यक्रमलाई सहजिकरण गर्दै प्रमुख जिल्ला अधिकारी सिताराम कार्कीले सबै स्थानिय सरकारलाई अनुगमन गर्न अनुरोध गरेको जानकारी दिनुभयो ।


