चाडपर्व नजिकिएसँगै ग्रामिण क्षेत्रमा व्यापारीको सक्रियता बढ्दै

धनकुटा । दशै तिहार जस्ता चाडपर्व नजिकीएसंगै धनकुटा सदरमुकाम सहित हिले, सिंधुवा का साथै ग्रामिण क्षेत्रमा व्यापारीको सक्रियता बढ्दै गएको छ ।

दशैका लागि गाउँघरमा आवस्यक पर्ने लुगा कपडा भाडाँकुडा लिएर तराई सहित अन्य क्षेत्रका व्यापारी गाउँघरका साथै बजार क्षेत्रका घर घर पुग्न थालेका छन् । धनकुटाको गुरासेमा भेटिएका कपडा व्यापारी पन्नालाल यादबले भने आफु दशै नमान्ने भए पनि दशैका लागि लुगा कपडा गाउँगाउँ लगेर बिक्रि गर्ने गरेको बताउछन् ।

धनकुटा सदरमुकाममा भेटीएका अर्का व्यापारी उमेश कुमारले भने अब एक हप्ता सम्म जती व्यापार हुने हो दशैका लागि हुन्छ यता ल्याएको सामग्री बजारमा व्यापार गरि नसकिएको र एक हप्ता गाउँघरमा गई व्यापार सकेर दशै मनाउन घर फर्कने धनकुटा खबरलाई बताए ।

व्यापारिका लागि चार्डबार्ड कमाउने मौका बनेर आएको छ भने आकासीदो महँगी, पसल पिच्छेको फरक मुल्यले गर्दा सर्वाधारणहर भने हैरान बनेका छन ।

मौकामा चौका हन्न पल्किएका कतियप व्यापारी र त्यसमा प्रभावकारी अनुगमन नगर्ने प्रसाशन र उपभोक्ता हितका लागि गठन गरिएका बिभिन्न संस्था समेत मिसावट, र कृतिम मूल्य बृद्घिका बारेमा चाल नपाए जस्तो गर्ने गलत प्रवृतिले पहिला जस्तै दोहोरीने र सर्वसाधरण ठगिने क्रम भने बन्द हुनु पर्ने धनकुटा नगरपालिका ५ का पवन घिमिरे बताउछन् ।

त्यसैले चाडपर्वमा सर्वसाधरणलाई सहुलियत, र राहत दिन सम्बन्धीत पक्षको ध्यान दिनु आवस्यक देखिन्छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।