धनकुटाका २ बिद्यालयले पाए उत्कृष्ट बाल क्लव पुरस्कार

धनकुटा । धनकुटाको त्रिवेणी मा.बि. र श्रीमान् टंक मा.बि.का बाल कल्व धनकुटा नगरपालिकाका उत्कृष्ट बाल कल्वबाट पुरस्कृत भएका छन् ।

सामुदायिक विकास मन्च ईलाम र धनकुटाले नगरका ५ बिद्यालयमा आयोजना गरेको बाल अधिकार तथा शान्ति शिक्षा परियोजना अन्तर्गत उक्त क्लवहरु उत्कृष्ट भएका हुन् ।

२०७२ सालबाट सन्चालन भएको यस परियोजनाबाट त्रिवेणी मा.बि.का त्रिवेणी बाल क्लव र टंक मा.बि.का मधुगंगा बाल क्लव पुरस्कृत भएका हुन् ।

पुरस्कृत त्रिवेणी मा.बि.बाल क्लवका अध्यक्ष कृति खड्का र मधुगंगा बाल क्लवका अध्यक्ष ममता मगरलाई कार्यक्रममा सम्मान–पत्र र नगद रु ५ हजारले सम्मान गरिएको छ ।

पुस्कृत बिद्यालय तथा बिद्यार्थीहरुलाई जिल्ला समन्वय समितिका सभापति टंक चौहान र धनकुटा नगरपालिकाका उप–मेयर सकुन्तला बस्नेतले नगद तथा सम्मान प्रदान गर्नुभएको थियो ।

सामुदायिक विकास मन्च धनकुटाका सचिव टिका राईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कार्यक्रम संयोजक सावित्रा राईले परियोजनाले गरेको गरेका कार्यक्रमको बारेमा जानकारी दिनुभएको थियो ।

परियोजनाले धनुटा नगरपालिकाका त्रिवेणी मा.बि,देउराली मा.बि,देउराली आधारभूत बिद्यालय,टंक मा.बि.भीरगाउँ,सल्लेरी आधारभूत बिद्यालय कर्मिटारमा परियोजना सन्चालन गरेको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।