स्टेप धनकुटाले एकैदिन ६ ठाउँमा आगो लगाउने !
धनकुटा । भाली बुधबार स्टेप धनकुटाले एक–एक घण्टाको अन्तरमा धनकुटा बजारका बिभिन्न स्थानहरुमा आगो लगाएर देखाउने छ ।
त्यसपछि आगालागी हुन नदिने उपाय र यसबाट बच्ने उपाय पनि सिकाउनेछ । बजारका बिभिन्न ६ स्थानहरुमा आगालागी सम्बन्धी गरिने उक्त प्रदर्शनमा सिलिण्डर,घर,टहरा आदिमा लागेको आयो निभाउने,त्यसबाट जोगिने ज्ञान र शिप सिकाईने संस्थाका अध्यक्ष रजत पोखरेले जानकारी दिएका छन् ।
धनकुटा नगरपालिकाको आर्थिक सहयोग तथा शसस्त्र प्रहरीको प्राबिधिक सहयोगमा गर्न लागिएको उक्त प्रदर्शनी हिले बजार ,कागते,देब्रेबास,बिहिबारे हटिया,भीमनारायण चौक,मदन चौकमा कार्यक्रम गरिने पोखरेलले जानकारी दिए ।
चाडवाड नजिकिए संगै बढ्दो आगलागीको सम्भावनालाई मध्येनजर गदै यस कार्यक्रम गर्न लागिएको अध्यक्ष पोखरेलले जानकारी दिए । आगलागीबाट बच्नको लागि प्रदर्शनीमा आएर क्षतिबाट बच्ने कला सिक्न स्टेप धनकुटाले धनकुटा खबरबाट सबैलाई निम्तो दिएको छ ।


