धनकुटाका २३ पसल कारवाहीमा !, २५ हजार बराबरको अखाद्य बस्तु जफत गरी नष्ट गरियो

धनकुटा खबर । आउँदै गरेको बिजया दशमी तथा तिहारलाई लक्षित गरेर धनकुटा नगरपालिकाले शनिबार मासु,किराना,कपडा,होटल लगाएत २३ वटा पसलहरुमा अनुगमन गरेको छ ।

निरिक्षणका क्रममा टोलीले १५ हजार बरावरको ५० केजी माछा सहित २५ हजार बरावरको मिति नाघेका बस्तु जफत गरी नष्ट गरिएको छ ।

धनकुटा नगरपालिका वडा नं.५, ६ र ७ नं. वडाका ११ किराना, ५ कपडा, ४ मासु पसल र एक–एक वटा होटल, हार्डवेयर र कोल्डड्रिङ पसल अनसगमन गरिएको छ ।

अनुगमनका क्रममा ब्यबसाय दर्ता तथा नविकरण नगरिएको, मूल्य सूची नराखिएको, उपभोग मिति नाघेका बस्तु राखिएको पाईएको थियो ।

अहिलेलाई सुधार गर्ने अवसर दिएर ब्यबसायीहरुलाई छाडिए पनि अबका दिनहरुमा मासिक रुपमा अनुगमन गरेर आवश्यक कारवाही गरिने नगरपालिकाका उपमेयर सकुन्तला बस्नेतले जानकारी दिनुभएको छ ।

अनुगमनमा जिल्ला प्रशासन कार्यालय धनकुटा,उद्योग बाणिजय संघ धनकुटा,उपभोक्ता हकहित मन्च धनकुटा,धनकुटा बजार ब्यबस्थापन समिति, कर कार्यालय धनकुटा, निल्ला प्रहरी कार्यालय धनकुटा, नेपाल पत्रकार महासंघ धनकुटाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।