अमेरिकी सेनाको कारबाहीमा अल शबाब समूहका ६० आतङ्ककारी मारिए

सोमालिया, ३१ असोज (रासस÷एएफपी) । अमेरिकी सेनाले मध्य सोमालियामा केही दिनअघि गरेको एक कारबाहीमा परी अल–शबाब समूहका करिब ६० जना लडाकू मारिएको विश्वास गरिएको छ ।

हरारडेरे नगर नजिकै आतङ्ककारी लक्षित कारबाही कोही सर्वसाधारण घाइते वा नमारिएका अमेरिकी सेनाको एउटा वक्तव्यमार्फत जानकारी दिएको छ ।

अमेरिकी सेना र सोमालियाली सुरक्षा अधिकारीहरूको संयुक्त प्रयासमा अल–शबाबमाथि गरिएका पछिल्लो कारबाहीमा ती आतङ्ककारी मारिएका हुन ।

बीबीसीका अफ्रिकी सम्बादाता विल रोजले अमेरिकी र सोमालियाली सेनाको संयुक्त प्रयासमा आतङ्ककारीविरुद्ध भएको यस पछिल्लो कारबाही अल–शबाब समूहका लागि ठूलो झट्का भएको बताउनु भएको छ ।

यो कारबाही सन् २०१७ को नोभेम्बरयताकै भीषण भएको बताइएको छ । अल–कायदासँग सम्बद्ध अल–शबाब समूहले पछिल्लो कारबाहीबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

अमेरिकी समाचार संस्था एपीका अनुसार यस वर्ष अमेरिकी सेनाले सोमालियामा ड्रोन आक्रमणसहित दुई दर्जनभन्दा बढी हवाई हमला गरेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।