धनकुटाको यो डम्पिङ्ग साईड जहाँ छिर्न पैसा तिर्नु पर्छ…
धनकुटा खबर । खनखनी पैसा नबुझाएसम्म नगरबाट संकलित फोहरमैला ब्यबस्थापन केन्द्रमा घुम्न त के छिर्न समेत पाइदैन भन्ने सुन्दा तपाइलाई पत्यार नलाग्दो हो तर धनकुटा नगरपालिकाले संचालन गरिरहेको फोहरमैला ब्यबस्थापन केन्द्रमा भने फिल्महल, पार्क र संग्रहालय जस्ता मनोरञ्जन र सिकाइस्थल प्रवेशमा झै शुल्क बुझाउनु पर्छ ।
धनकुटा सदरमुकामको कचिडेमा रहेको यो केन्द्रमा नगरबाट दैनिक १६ टन फोहर संकलन हुन्छ । संकलित ठोस फोहर छानेर प्रतिकिलो तीन देखि सात सय रुपैयाँसम्ममा बेचिन्छ, कुहिने चाँहि कम्पोष्ट मल बनाइन्छ ।
ग्यास उत्पादन गर्ने अभ्यास पनि भैरहेको छ । कामै नलाग्ने फोहरमाथि बनाइएको सुन्दर बगैचामा बेलाबखत क्लव, समुह र कार्यालय प्रमुखको बैठक संचालन हुन्छ । घुम्न आउनेहरुको भीड उस्तै ।

ब्यबस्थापनको समस्या झेल्दै आएका मुलुकका विभिन्न ठाउँबाट फोहर तहलगाउने यस्तो तरिका हेर्न र बुझ्न धनकुटा पुग्ने गरेका छन् । समुहमा प्रवेश गर्न तोकिएको पाँच हजार रुपैयाँ शुल्क लिनेगरेको धनकुटा नगरपालिकाका वातावरण शाखा प्रमुख उपेन्द्र खनालले जानकारी दिए ।
यस संकलन केन्द्रबाट स्थानीयतह, क्लव, सहकारी, विद्यार्थी, संरक्षणकर्मि, तथा वन वातावरणका क्षेत्रमा काम गर्दै आएका दुइसय ५० बढि समुहले छान्ने, छुट्याउने, संकलन गर्ने कुहाउने र निजी क्षेत्र र समुदाय परिचालनबारे जानकारी लिएका छन् ।
फोहरमैला ब्यबस्थापनको तरिका बुझ्न कैलाली बाट धनकुटा आएका धनबहादुर विक र प्रेमराज भण्डारी भन्छन्।
फोहरमैला ब्यबस्थापनको समस्यामा रहेका शहर, नगर र गाउँपालिकालाई धनकुटा नगरपालिकाले गर्दै आएको फोहर छानेर तहलगाउने अभ्यास उपयूक्त हुन सक्छ । यसका लागि ठूलो खर्च र अभियान पनि आवश्यक पर्दैन ।


