अब धनकुटाका चौक–चौकमा फ्रि वाइफाई र डिजिटल सूचना, यस्तो छ नगरले गरेको प्रगति…
धनकुटा खबर । धनकुटा नगरपालिकाले नगरका हरेक चौकहरुमा फ्रि वाइफाई डिजिटल सूचनाको ब्यबस्था गरिने जानकारी दिएको छ ।
नगरपालिकाले आईतबार पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिएको हो । नगरबासीहरुको सूचनामा सहज पहुंच पु¥याउन मोवाइल एप्स सन्चालनको अन्तिम तयारीमा पुगेको मेयर चिन्तन तामाङले जानकारी दिनुभयो ।
नगरको सूचना समयमा प्रात गर्ने डिजिटल र अडियो सूचना पाटीको ब्यस्था गरिएको पनि मेयर तामाङ्गले जानकारी दिनुभयो । कार्यक्रममा चौमसिक प्रतिबेदन सार्बजनिक गरेर विभिन्न ११ वटा कर्यक्रम अन्तर्गत ३१ शिर्षकको प्रगतिको जनकरी दिएको थियो ।

नगरपालिकाले कृषि,पर्यटन,सुचना प्रविधि,भौतिक,प्रसासन,सामजिक बिकास,स्वास्थ्य कर्यक्रम,वातावरण ,शिक्षा ,राजस्व र आर्थिक प्रशासनका बारे जनकरी दिईएको छ । नगरको आर्थिक बर्ष ०७५÷०७६ मा चालु तर्फको ३६ करोड १७ लाख बजेट रहेको धनकुटा नगरपालिकाले चालु तर्फ ९ करोड १३ लाख खर्च भएको छ । पूँजीगत तर्फको १६ करोड ७२ लाखमा २ करोड २७ लाख खर्च भएको नगरपालिकाले जानकारी दिएको छ ।
यस्तो छ नगरले गरेको प्रगति
नगरपालिकाको जानकारी अनुसार बिभिन्न ४ वटा काम जानकारी गराउँदै नगरलाई एभोकाडो र ड्रागन खेतीको पकेट क्षेत्रका लागि काम अगाडि बढिरहेको छ ।
त्यस्तै पर्यटन प्रर्वद्धनका लागि नगरका बिभिन्न क्षेत्रमा फूलबारी निर्माण र चुलिवनमा चुलिवनमा भ्यू टावर निर्माण सम्पन्न हुने अन्तिम तयारीमा रहेको छ । सूचना तथा प्रविधिको क्षेत्रमा हरेक चौकहरुमा फ्रि वाइफाई,टिजिटल सूचना पाटी र अडियो सूचना सहति मोवाई एप्स सन्चालनको तयारी भईरहेको छ ।

धनकुटा बसपार्कमा नगर बक्ति जडान,वडा नं.१,७ र ८ मा मेलमिलाप कक्ष निर्माण, योजनाहरुको डिपिआर र उपभोक्ता रमिति गठनको जारी रहेको । बालमैत्री नगर घोषणा गर्न आचारसहिंता निर्माण गरिसकिएको । ५ बर्षे योजनाहरु अधावधिक भईरहेको । जेष्ठ नागरिक परिचय पत्र वितरण र भत्ता वितरणको काम सुचारु रहेको ।
धनकुटाको फोहर थुपार्ने स्थान ल्याण्डफिल्डमा भ्रमणमा आउने संस्थाहरुलाई प्रवेश शुल्क रु ५ हजार लिईरहेको । वडा नं.१ का ५० धुरी घर धुरीलाई कृषि बिकास कार्यक्रम उपलब्ध गराईएको । नगर क्षेत्रका ५ देखि १२ उमेरका बालबालिकाहरु बिद्यालय बाहिर नरहेको घोषणा कार्यक्रम समपन्न ।
साउन १ बाट घर बहाल कर लागु गरिएको र बिभिन्न करहरु संकलन भईरहेको । थप करको दायरा बढाउन छलफल भईरहे पनि हाललाई बृद्धि नगरिएको । चालु आवमाको कार्तिक १५ सम्ममा ८० लाख राजश्व संकलन गरिएको नगरपालिकाले कार्यक्रममा जानकारी दिएको छ ।


