महालक्ष्मी नगरपालिका-९ मा खुल्ला लोक नृत्य प्रतियोगिता हुँदै

धनकुटा । कालिका जनजागरण एकता क्लव महालक्ष्मी नगरपालिका ९ धनकुटाको आयोजनामा भोलि खुल्ला लोक नृत्य प्रतियोगिता हुने भएको छ ।

विगत २ दशक देखी हुँदै आएको यो नृत्य प्रसतयोगिता यस वर्ष दिपावलीको अवसरमा काग तिहारको दिन भोलि विहान १० वजे देखी हुन लागेको हो । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।

यसअघि अर्कै स्थानमा हुदै आएको लोक नृत्य प्रतियोगिता यस पटक भने प्रस्तावित पर्यटकीय स्थल ढुङ्गे वगैचाको समेत प्रचार प्रसार गर्ने लक्षका साथ महालक्ष्मी नगरपालिका ९ ढुङ्गे वगैंचा आहालेमा गर्न लागिएको क्लवका प्रचार प्रसार विभाग प्रमुख हिमचन्द्र भण्डारीले जानकारी दिनुभयो ।

प्रस्तावित पर्यटकीय स्थल ढुङ्गे वगैचा हेर्नका लागि प्राकृतीक हिसवाले अत्यन्तै आकर्षक र मनमोहक रहेको उहाँले वताउनुभयो । प्रतियोगिताका लागि छथर जोरपार्टी गाउँपालिका र महालक्ष्मी नगरपालिकाका जम्मा १० टिमले समूह दर्ता गराएकाछन् ।

महालक्ष्मी नगरपालिकाको सहयोगमा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन प्रदेश सांषद ईन्द्रमणी पराजुलीले गर्नुहुने जनाईएको छ । प्रतियोगिताकै अवसरमा कालिकाको देउसी भैलो कार्यक्रम सहित विभिन्न संघ संस्था विद्यालय र क्लवहरुको जोडदार साँस्कृतिक प्रस्तुती प्रदर्शन गरिने छ ।

प्रतियोगिताका विजयीहरुलाई नगद सहित अन्य आकर्षक पुरस्कारहरुको समेत व्यवस्था रहेको क्लवले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।