खुल्ला लोक नृत्य प्रतियोगिता सम्पन्न, तस्वीर सहित हेर्नुहोस् कस्ले जिते के पाए ?

धनकुटा । कालिका जनजागरण एकता क्लव महालक्ष्मी नगरपालिका ९ धनकुटाको आयोजनामा आज खुल्ला लोक नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगितामा नवदित युवा क्लव महालक्ष्मी ८ नेता चोक प्रथम भएको छ । त्यस्तै समाज कल्याण संघ महालक्ष्मी ८ ह्याङ्लावुङ दोश्रो, श्री सिंहदेवी माद्यमिक विद्यालय महालक्ष्मी ९ आहाले तेश्रो र फ्याफुल्ला युवा क्लव महालक्ष्मी ९ सिरिसे चौथो भएकाछन् ।

विजयी समूहहरुलाई क्रमश नगद ८ हजार, ५ हजार ५ सय, ३ हजार र १५ सय सहित प्रमाणपत्र प्रदान गर्दै आकर्षक पुरस्कार सहित सम्मान गरिएको प्रतियोगिता आयोजक क्लवका क्रियाशिल सदस्य जीवन भण्डारीले जानकारी दिनुभयो ।

प्रस्तावित पर्यटकीय स्थल ढुङ्गे वगैचाको समेत प्रचार प्रसार गर्ने लक्षका साथ महालक्ष्मी नगरपालिका ९ ढुङ्गे वगैंचा आहालेमा भएको कार्यक्रममा प्रदेशसभा सदस्य ईन्द्रमणी पराजुली, महालक्ष्मी नगरपालिका प्रमुख पर्शुराम नेपाल लगायत विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनीधिहरुको उपस्थिती थियो । यो प्रतियोगिता विगत २ दशक देखी आयोजना गरिदै आएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।