आफ्नै नगरप्रमुखसँग खनिए वडाध्यक्ष, यसो भन्दै बुझाईदिए सरकारी बाईक… (भिडियो सहित)
धनकुटा खबर । धनकुटाको पाख्रीवास नगरपालिकाका ४ नं वडाध्यक्ष सोवित निरौलाले सरकारी सेवा स्वरुप आफुले पाएको सवारी साधन मोटर साईकल नगरपालिकालाई जिम्मा लगाउनु भएको छ ।
सर्वसाधारण जनताको स्वास्थ्य सेवाका लागि एउटा एम्वुलेन्स खरिद गर्न नसके सम्म नगरले खरिद गरेको कुनैपनि प्रकारका सरकारी सवारी साधन उपयोग नगर्ने घोषणा गर्दै आफूले सरकारी सेवा वापत पाएको को १ ब १७५६ नं मोटर साईकलको साचो नगर प्रमुख वृष वहादुर राई समक्ष वुझाउनुभएको हो ।

वडाध्यक्ष निरौलाले आज एक कार्यक्रमको आयोजना गरी ४ नं का सर्वसाधारणको उपस्थितिमा मोटरसाईकलको साचो नगर प्रमुखलाई वुझाउनुभएको हो । उहाँले प्रेस विज्ञप्ति समेत जारी गर्दै आफुले सरकारी सेवा वापत पाएको अन्य सेवा सुविधाको आधा भाग अनाथ,अपाङ्ग असहाय जनताको स्वास्थ्य,शिक्षा क्षमता अभिवृद्धीमा लगानी गर्ने उद्घोष गर्नुभएको छ ।
आफु जनताको सेवामा निस्वार्थ भावनाले अहोरात्र खटिरहदा पनि आफुलाई नगर प्रमुखवाटै मनोवल गिराउने, असहज वनाईदिने, वाईपास गर्ने जस्ता काम भएको र अहिले वजार तथा चोक चोकमा सरकारी सवारी साधन दूरुपयोग भएको गुनासो जनतावाट आईरहेको भन्दै उहाँले जनतालाई सेवा नदिई जनताकै करवाट खरिद गरिएका सवारी आफुले नगरपालिकालाई वुझाएको प्रतिक्रिया दिनुभयो ।

वडाध्यक्ष निरौलाले चुनौतिको वावजुदपनि नगरवासीले अहिले सम्म आफुलाई गरेको विश्वास र सहयोगको कदर गर्दै आगामी दिनमा जनताकै सेवामा समर्पित हुने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।


