हिलेका आगलागी पीडित राईलाई तत्काल राहत उपलब्ध
धनकुटा । धनकुटा १ हिले सिंजाली टोलका आग्लागी पीडित गोरख वहादुर राईको परिवारलाई तत्काल राहत उपलव्ध भएको छ ।
गएराती लक्ष्मी पूजा गर्दा वालेर छाडेको वत्तीवाट आगो सल्किएर पूर्ण रुपमा घर जली पीडित भएका राईको परिवारलाई आजै १ नं वडा कार्यलय,जिल्ला समन्वय समिति धनकुटा, उद्योग वाणिज्य संघ धनकुटा र नेपाल रेडक्रस शोसाईटी धनकुटाको तर्फवाट खाद्यान्न लगायतका सामाग्री राहत उपलव्ध भएको हो ।

पीडित राईको घर मै पुगी नगर प्रमुख चिन्तन तामाङ, नेपाल रेडक्रस शोसाईटीका सभापति नरेन्द्र पोखरेल लगायतको उपस्थितिमा १ नं वडाको तर्फवाट ३ थान ओढ्ने ओछ्याउने, ५० के जी चामल, ५ के जी दाल २ थान म्याटिस, तेल लगायतका सामाग्री प्रदान गरिएको छ ।
त्यस्तै रेडक्रसको तर्फवाट १ सेट भाडाकुडा, लत्ताकपडा, उद्योगवाणीज्य संघको तर्फवाट १० के जी चामल,१ केजी दाल र जिल्ला समन्वय समितिको तर्फवाट डसना सहितका सामाग्री वितरण गरिएको वडाध्यक्ष निरेन तामाङले जानकारी दिनुभयो ।
घटनाको अवलोकन गरिसकेपछि नगर प्रमुख चिन्तन तामाङले पीडितको घर छाउन नगरको तर्फवाट जस्तापाता दिने वताउनुभएको छ । आग्लागीवाट पूर्ण रुपमा घर जल्दा साढे ७ लाख वरावरको क्षती भएको हिले प्रहरीले जनाएको छ ।



