गरिबी निवारणका लागि पाकिस्तानले चिनियाँ नमूनालाई आधार बनाउने

इस्लामावाद, पाकिस्तान । पाकिस्तानले गरिबी निवारणका लागि चिनियाँ नमूनालाई आधार बनाउने प्रधानमन्त्री इमरान खानले बताउनुभएको स्थानीय सञ्चारमाध्यमले शनिबार जनाएका छन् ।

पाकिस्तानको पूर्वी शहर लाहोरमा सरकारी आवास गृहको उद्घाटन समारोहमा प्रधानमन्त्रीले भन्नुभयो, “चीनले विगत तीन दशकमा ७० करोड नागरिकलाई गरिबीबाट माथि उठाएको छ । यो विश्वकै इतिहासमा एक अभूतपूर्व सफलताको नमूना हो । पाकिस्तानले यसबाट पाठ लिएर अघि बढ्नेछ ।”

यसै महिना चीनको औपचारिक भ्रमण गरेका खानले भन्नुभयो, सरकारले चिनियाँ पक्षसँग गरिबी निवारणका लागि बृहद् रणनीतिक सल्लाहका लागि कुराकानी अघि बढाइसकेको छ ।

पाकिस्तानी प्रधानमन्त्रीले भन्नुभयो, “मेरो सरकारले छिट्टै गरिबी निवारणको प्याकेजलाई पाकिस्तानको इतिहासमा नै पहिलो पटक ल्याउँदै छ । यसबाट गरिबीको रेखामुनि रहेका पाकिस्तानीलाई केही राहत मिल्ने विश्वास हामीलाई छ ।” उहाँले थप्नुभयो, “यस उद्देश्यका लागि श्रृङ्खलावद्ध सहायक पहलहरू हुनेछन् ।”

इस्लामिक मुलुक पाकिस्तानले गरिबी निवारणको लक्ष्यलाई अघि बढाउन पहल तथा फरक फरक पहललाई निरन्तरता दिनुपर्ने उहाँले बताउनुभयो ।

पाकिस्तानको आथिएक सर्वेक्षण २०१८ ले बीस करोड ७० लाख जम्मा जनसङ्ख्यामा २४ प्रतिशत जनता गरिबीको रेखामुनि रहेको देखाएको छ । गरिबी, भोकमरी र बेरोजगारको समस्याले पाकिस्तानको जनसङ्ख्याको ठूलो हिस्सालाई प्रभावित गरेको छ ।

पाकिस्तानी प्रधानमन्त्रीले घरबिहीन नागरिकका लागि आवास गृह बनाइदिने घोषणा पनि गर्नुभएको छ । उनीहरूलाई आवास, खाना र स्वास्थ्यजस्ता आधारभूत सेवाको प्रबन्ध सरकारले गर्ने योजना वर्तमान् सरकारको रहेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।