धनकुटाका स्थानीय तहले गरे करिव ५ करोड राजश्व संकलन !, कुन तहले कति गरे, अबको लक्ष कति ?

धनकुटा खबर । धनकुटाका स्थानीय ७ तहले करिव ५ करोड राजश्व संकलन गरेका छन् ।

गत आर्थिक वर्ष २०७४-७५ मा सम्पत्ति, मालपोत, व्यवसाय, वहाल कर, सिफारिस दस्तुर लगायत शिर्षकबाट ४ करोड ७९ लाख ३४ हजार १ सय ६० रुपैया राजश्व संकलन गरेका छन् ।

धनकुटा नगरपालिकाले जिल्लामा सबैभन्दा धेरै २ करोड २९ लाख ९ हजार १ सय ४९ रुपैया राजश्व संकलन गरेको छ । नगरपालिकाले चालु आवमा २ करोड ६० लाख रुपैया राजश्य संकलन गर्ने लक्ष्य राखेको राजश्व अधिकृत राजु गुराँगाईंले जानकारी दिएका छन् ।

यस्तै चौविसे गाउँपालिकाले ५० लाख ५ हजार ८ सय ४० रुपैया राजश्व संकलन गरेको छ । योजना फाँट प्रमुख लिलाबहादुर कार्कीका अनुसार चालु आवमा ४५ लाख रुपैया राजश्व संकलन गर्ने लक्ष्य अनुरुप वडा कार्यालयलबाट वाटै कर तिर्ने व्यवस्था गरेको छ ।

सहिदभूमि गाउँपालिकाले ४३ लाख २० हजार रुपैया राजश्व संकलन गरेको छ । चालु आवमा ८३ लाख ६० हजार रुपैया राजश्व संकलन गर्ने गाउँपलिकाको लक्ष्य रहेको प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरेले बताए ।

छथरजोरपाटी गाउँपालिकाले ४३ लाख रुपैया मात्रै संकलन गरेको छ । गाउँपालिकाले चालु आवमा ७५ लाख रुपैया राजश्व संकलन गर्ने लक्ष्य लिएको सूचना अधिकारी उपेन्द्रबहादुर श्रेष्ठले बताए ।

महालक्ष्मी नगरपालिकाले ४६ लाख ९९ हजार १ सय ७१ रुपैया राजश्व संकलन गरेको छ । चालु आवमा ६५ लाख रुपैया राजश्व संकलन गर्ने लक्ष्य लिएको लेखा अधिकृत दुर्गा घिमिरेले बताए ।

पाख्रीवास नगरपालिकाले ३४ लाख रुपैया मात्रै राजश्व संकलन भएको सूचना अधिकारी किरण राईले बताए । नगरपालिकाले चालु आवमा ८० लाख रुपैया राजश्व संकलन गर्ने लक्ष्य लिएको उनले जानकारी दिए ।

साँगुरीगढी गाउँपालिकाले ३३ लाख रुपैया राजश्व संकलन गरेको लेखापाल रोशन पोखरेलले बताए । चालु आवमा ६५ लाख राजश्व संकलन गर्ने लक्ष्य लिएको योजना फाँटका प्रमुख नारायण खनालले बताए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।