बसाई सराई रोक्न उद्योगमा लगानी गरी रोजगारी सिर्जना गरिदिन माग

धनकुटा खबर । प्राथमिक विद्यालय ३ वटा आधारभूत विद्यालय २ वटा स्वाथ्य चौकी, सडक र विजुली बत्ति गाउँ भरि नै बितार भएपनि रोजगारीको अवसर सिर्जना नहुदा स्थानिय बासिन्दाको बसाई सराई नरोकीएको स्थानिय फर्म र उद्योग स्थापनामा लगानि गरी दिन सरकार र निजी क्षेत्रसंग धनकुटाको छथरजोरपाटी गाउँपालिका ४ का स्थानिय बासिन्दाले माग गरेका छन् ।

विद्यालय, स्वाथ्य चौकी, सडक र विजुली बत्ति गाउँ भरि नै वितार भएपनि स्थानिय स्तरमा रोजगारीको अवसर सिर्जना नहुदा स्थानिय बासिन्दाको बसाई सराई नरोकीए पछि संबन्धीत पक्षले रोजगारी सिर्जना गरिदिए बसाई सराई रोकीने आशा लिएको स्थानिय बासिन्दा हिमलाल गिरी बताउछन् ।

फलफुल, अन्न बालि खेतिका लागि उपयूक्त वतावरण भए पनि यहाँ निर्वाह मुखी बनेको कृषि पेशा गर्नु भन्दा शहर वा तराई झरे पछि पाईने सानोतिनो रोजगारीका लागि स्थानिय स्तरमा उद्योग स्थापना गरी दिए स्थानिय लाई रोजगारीका लागि बाहिर जाने बाध्यता हटेमा यहाँको गाउँलाई पुन जिवित गर्न सकिने स्थानिय देबबहादुर गिरी बताउछन् । उनि भन्छन् “फर्म र उद्योग संचालन गर्नका लागि जग्गा प्रसस्त छ तर लगानी कतैबाट भएन लगानी गरी दिए रोजगारी सिर्जना हुन्थो र बसाइृ सराईको अवस्था पनि रोकीने थियो” ।

यस गाउँ बाट ४ बर्षको अवधिमा १ सय २७ परिवारले वडा कार्यालय बाट अधिकारीक दर्ता भई बसाई सराई गरेको तथ्याङ्गक छ । वडा कार्यलय बाट अधिकारीक दर्ता भई बसाई सराई गर्ने परिवारको संख्या यो भए पनि दर्ता नगराई थाकथलो छाड्ने परिवारको संख्या पनि उल्लेखिय रहेको वडा कार्यालयका सहायक शंकरप्रसाद ओझाले जानकारी दिए । उनले भने साविक गाविस हुदाको वडाको तथ्याक हेर्ने हो भने प्राय वडाको ९५ प्रतिशत परिवार बसाई सराई गरेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।