धनकुटाको पाख्रीवासमा खोलियो नेपाल बैंकको शाखा !

धनकुटा खबर । नेपाल बैंक लिमिडेटले धनकुटाको पाख्रीवास वजारमा आफ्नो शाखा विस्तार गरेको छ ।

नेपाल बैंकको ८२ औ वार्षिकोत्सवको अवसर पारी आज एक कार्यक्रमको वीच बैंकले पाख्रीवासमा आफ्नो २ सय ५१ औ शाखा कार्यालयको उद्घाटन गरेको हो । बैंक शाखाको उद्घाटन संघीय साँषद राजेन्द्र कुमार राईले रिवन काटेर गर्नुभएको थियो ।

त्यसअघि भएको अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै सांषद राईले सरकार तल्लो निकाय सम्म बैंकहरु पुर्याउने लक्षका साथ अघि वढीरहेको जानकारी गराउदै स्थानिय स्तरमा सञ्चालनमा आएका बैंकहरुलाई स्थायित्व दिन स्थानिय स्तरमै प्रसस्त उद्योग धन्दाहरु सञ्चालन हुन आवश्यक रहेको वताउनुभयो ।

त्यसका लागि स्थानिय तहका सरोकारवाला पक्षले ध्यान दिनुपर्ने उहाँको भनाई छ । त्यस्तैगरी पाख्रीवास नगर प्रमुख वृष वहादुर राईले बैंकलाई स साना योजनाहरुमा पनि लगानी गर्दै आर्थिक हिसावले पछि परेका समुदायको जीवन स्तर माथि उठाउन टेवा पुर्याउन आग्रह गर्नुभयो ।

अहिले सम्म बैंकहरुले ठूला-ठूला योजनाका लागि मात्र लगानी गर्ने गरेको पाईएको भन्दै उहाँले त्यस्ता स साना योजनामा लगानी गर्दा कुनै समस्या सृजना भए त्यसको जिम्मा नगरपालिकाले लिने वताउनुभयो ।

समाजसेवी मदन राईको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य डागम कुमार राई, वडाध्यक्षहरुको तर्फवाट ४ नं वडाध्यक्ष सोवित निरौला, शिक्षकहरुको तर्फवाट जाल्पादेवी क्याम्पस प्रमुख गोपाल भट्राई, राजनीतिकदलहरुको तर्फवाट नेकपाका शान्तिराम गौतम,कृषकहरुको तर्फवाट ईन्द्र वहादुर राई, उद्योग वाणीज्य संघ पाख्रीवासको अध्यक्ष ध्यान वहादुर राउत लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा बैंकका १ नं प्रदेश प्रमुख उज्वलराज गौतमले बैंक शाखाले सञ्चालन गर्ने कामको वारेमा जानरकारी गराउनुभएको थियो । भने कार्यक्रमको सञ्चालन शाखा प्रवन्धक गोविन्द सुवेदीले गर्नुभएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।