छुटेको कर दातालाई मसान्त सम्म मौका !

धनकुटा खबर । करदाता सेवा कार्यालय धनकुटाले कर तिर्न छुटेका उद्यमी तथा संघ-संस्थाहरुलाई पौष मसान्त भित्र कर तिरेर कर मुक्त हुन अनुरोध गरेको छ ।

सातौ कर दिवसको अबसरमा उद्योग बाणिजय संघ धनकुटाको आयोजनामा गरिएको प्रभातफेरी पछि आयोजना भएको कार्यक्रममा उक्त जानकारी दिईएको हो ।

कार्यक्रममा कर कार्यालयका प्रमुख राजेश्वर शर्माले बिषेश कारणले यस भन्दा अघि कर तिर्न छुटेका ब्यक्ति तथा संस्थाहरुलाई सरकारले दिएको यो मौकाको लाभ उठाउन अनुरोध गर्नुभयो ।

कार्यक्रममा संघका अध्यक्ष उमेश घिमिरेले ‘करः समृद्ध नेपाल, शुखी नेपालीको भर’ भन्ने नाराका साथ कर कार्यालयको सहकार्यमा सताहव्यापी कार्यक्रम गरिने जानकारी दिनुभयो ।

कार्यक्रममा उद्योग बाणिजय संघ धनकुटाकी उपाध्यक्ष तारा तितुङ्ग, निर्माण ब्यबसायी संघका केन्द्रिय सदस्य यज्ञप्रसाद खतिवडा लगाएत ब्यबसायीहरु उपस्थिति रहेको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।