राष्ट्रिय परिचय पत्र वितरण सुरु, १ सय १ बर्षीय भण्डारीलाई नेपालकै पहिलो राष्ट्रिय परिचय पत्र (भिडियो सहित)
पाँचथर । पाँचथरकी १ सय १ बर्षीय भगवती देवी भण्डारीलाई नेपालकै पहिलो राष्ट्रिय परिचय पत्र प्रदान गरेर सरकारले औपचारिक रुपमा राष्ट्रिय परिचय पत्र वितरण प्रारम्भ गरेको छ ।
पाँचथरको सदरमुका फिदिममा आयोजित एक विशेष समारोहका विच गृहमन्त्री रामबहादुर थापाले फिदिम नगरपालिकाकी भगवती भण्डारीलाई राष्ट्रिय परिचय पत्र प्रदान गरे र उनले जेष्ठ नागरीक भण्डारीकै हातबाट आफ्नो परिचय पत्र लिए ।
राष्ट्रिय परिचय पत्र वितरण समारोहलाई सम्बोधन गर्दै थापाले यो एउटा ऐतिहाँसिक कदम भएकोले मुलुकमा स्थायित्व कायम गर्न राष्ट्रिय परिचय पत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने दावी गरे । गृहमन्त्री रामबहादुर थापा बादलललाई राष्ट्रिय परिचय पत्र प्रदान गर्दै नेपालमै पहिलो पल्ट राष्ट्रिय परिचय पत्र लिने १ सय १ बर्षिय भगवती भण्डारीले समेत खुशी ब्यक्त गरिन् ।

पाँचथर जिल्लामा हाल सम्म ५२ हजार नागरिकको तथ्याङ्क संकलन भैसकेको छ । पहिलो चरणमा पाँचथरका १ लाख १० हजार र सिहंदरबारका १० हजार गरेर १ लाख १७ हजार राष्ट्रिय परिचय पत्र वितरणको तयारी गरेको छ ।
आगामी ३ बर्ष भित्रमा मुलुकका सबै नागरिकलाई राष्ट्रिय परिचय पत्र प्रदान गरिसकिने राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागका महानिर्देशक दिपक काफ्लेले बताए । भिडियोमा हेर्नुहोस कस्तो छ राष्ट्रिय परिचय पत्र र यस्का विशेषता


