अर्कीसँग विवाह गर्ने लागेको भन्दै ‘प्रेमी’को हत्या गरेर उनकै मासु पकाई श्रमिकहरुलार्इ ‘भोज’ खुवाएपछि…

एजेन्सी | सुन्दैमा पनि अाङ सिरङ्ग पार्ने घटना संयुक्त अरब इमिरेट्स (युएर्इ) मा भएकाे छ । मोरोक्कोकी एक महिलाले ७ वर्षदेखि प्रेम गर्दै अाएकाे अाफ्नै प्रेमीकाे हत्या गरी उनकाे मासु पकाएर भाेज खुवाएकाे खुलासा भएकाे छ ।

प्रेमीको हत्यापश्चात् ती महिलाले उनको शरीरका भागहरू पकाएर युएर्इमै कार्यरत पाकिस्तानी श्रमिकहरूलाई भाेजका रुपमा खुवाएकाे बताइएकाे छ । महिलाले ३ महिनाअघि नै प्रेमीको हत्या गरेर मासु खुवाएकाे अभियोजनकर्ताहरूले आरोप लगाएका छन् । तर याे कुरा भने हालै मात्र बाहिर अाएकाे छ । महिलाको ‘ब्लेन्डर’मा मानव दाँतका अवशेषहरु भेटिएपछि घटना बाहिर अाएकाे हाे ।

युएर्इकाे सरकारी समाचारपत्र ‘द नेशनल’का अनुसार हत्या गरिएका व्यक्तिसँग ती महिला ७ वर्षदेखि प्रेम सम्बन्धमा थिइन् । तर अाफ्नाे प्रेमीले मोरक्कोकै अर्की महिलासँग विवाह गर्ने तयारी गरेको चाल पाएपछि ‘हत्या’ गरेको प्रहरीसामु बयान दिएकी छिन् । हत्यासम्म त सामान्य सकिए पनि मासु नै पकाएर खुवाउनुलार्इ उनले ‘आफ्नो पागलपन’काे संज्ञा दिँदै अाराेप स्वीकार गरेकी छन् ।

हत्या गरिएका व्यक्तिका शरीरका अंगहरूबाट परिकार तयार गरेर आसपासमा काम गरिराखेका पाकिस्तानी कामदारहरूलाई खुवाएको प्रहरी अधिकारीहरुले जनाएका छन् । प्रहरीका अनुसार उनकाे हत्या के कसरी भयाे भन्ने खुल्न सकेकाे छैन तर शरीरका अंगहरु पकाएर भात र मासुको मिश्रित परम्परागत परिकार तयार गरेकी थिइन्, ती महिलाले ।

उमेरले ३० वर्ष हाराहारी पुगेकी ती महिलाकाे मानसिक अवस्था जाँचका साथै थप अनुसन्धान भइरहेकाे छ । अाराेप पुष्टि भएमा उनले सजायकाे भागीदार हुनुपर्नेछ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖