सवारी दुर्घटनामा परि धनकुटामा एकजनाको मृत्यु

धनकुटा । धनकुटामा भएको सवारी दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ ।

धनकुटा नगरपालिका वडा २ मा पर्ने हिले भीरगाँउ ग्रामिण सडकमा को १ ज १६५४ नम्बरको तरकारी बोक्ने पिकअप सडकबाट खसेर दुर्घटना हुँदा पिकअप चालक धनकुटा नगरपालिका २ भीरगाँउका ४१ वर्षिय प्रेम तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

हिजो राति साढे सात बजेतिर धनकुटा नगरपालिका वडा नं. २ भीरगाँउको ढाँडखर्क सामुदायिक वन नजिकै उक्त दुर्घटना भएको प्रहरी चौकी हिलेका इन्चार्ज यदु कुमार खड्काले जानकारी दिए।

दुर्घटनामा परेको पिकअप अनियन्त्रित भइ सडकबाट डेढ सय मिटर तल झरेको छ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।