क्रिस्चियन धर्म प्रचार गर्दै हिड्ने अमेरिकी नागरिकको धनुषवाण हानी हत्या

एजेन्सी । क्रिस्चियन धर्म प्रचारक एक अमेरिकी नागरिक भारतमा शंकास्पद रुपमा मारिएका छन् । भारतको दुर्गम आदिवासी क्षेत्र अन्डामन टापुमा धनुषवाण प्रहार गरी क्रिश्चियन धर्म प्रचारक चाउको हत्या भएको भारतिय सञ्चारमाध्यहरुले जनाएको छ ।

२७ वर्षीय चाउले क्रिश्चियन धर्मको प्रचार गरिरहँदा आदिवासीहरुले नै हत्या गरेको स्थानीय अधिकारीको रिपोर्टमा छ । आदिवासीको अनुमतिविना प्रवेश गर्न नपाउने टापुमा माझीहरुलाई प्रयोग गरी टापुमा छिरेका थिए । चाउ पनि अनुमतिविना टापुमा छिरेपछि ‘सेन्टिनिज’ आदिवासीहरुको आक्रमणबाट मारिएको बताइएको छ ।

सोसल मिडियामा इसाइ धर्ममा विश्वास गर्ने जस्ता अभिव्यक्ति र भनाइ उल्लेख भएका आधारमा उनी धर्म प्रचारकै कारण मारिएको हुनसक्ने बताइएको छ ।उनको आफ्नो सामाजिक संजालमा आफू एक इसाई धर्ममा विश्वास गर्ने फिरन्ते भनी उल्लेख छ ।

उनले भिक्टोरियन घुमन्ते र मिसनरी डेभिड लिभिङ्सटन र जिससबाट अति प्रभावित भएको कुरा आफ्ना पोष्टमा उल्लेख गरेका थिए । उनी यसअघि नै चार वा पाँच पटकसम्म स्थानीय माझीको सहायतामा उत्तरी सेन्टिल क्षेत्रको टापु भ्रमण गरिसकेका थिए ।

चाउले यसअघि नै अन्डामन र निकोबर टापु फर्कने उद्देश्य रहेको भन्दै सार्वजनिक गरेका थिए । साथै त्यहाँ हेर्नुपर्ने र गर्नुपर्ने धेरै कुरा बाँकी रहेको उनले उल्लेख गरेका थिए । चाउले यसअघि नै अन्डामन र निकोबर टापु फर्कने उद्देश्य रहेको भन्दै सार्वजनिक गरेका थिए । साथै त्यहाँ हेर्नुपर्ने र गर्नुपर्ने धेरै कुरा बाँकी रहेको उनले उल्लेख गरेका थिए । हत्यापछि उनका केही साथीहरुले ‘चाउ सहिद’ भएको भन्दै उनीप्रति श्रद्धान्जली अर्पण समेत गरेका छन् ।

चाउको हत्यापछि यहाँका ६ जना माझीहरुलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । पक्राउ परेका एक माझीले भने चाउले जबर्जस्ती डुंगा समुद्रमा लिएर गएको बताएका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।