पाख्रीबासको तालमा बोटिङ शुरु

धनकुटा खबर । पाख्रीवासको पर्टकिय स्थल श्री संसारीमाई सिमसार क्षेत्रको तालमा वोटिङ शूरु भएको छ ।

नगरकै विशेष यो पर्यटकिय स्थलमा आउने आन्तरिक तथा वाह्य पर्यटकहरुलाई मनोरञ्जन दिन र थप पर्यटक आकर्षण गर्ने लक्षका साथ वोटिङ शूरु गरिएको हो । यहाँ रहेको दुई ठूला पोखरीमा डुङ्गा सञ्चालन गरिने छ ।

डुङगा सञ्चालनको उद्घाटन समितिका अध्यक्ष ज्ञान वहादुर गुरुङको अध्यक्षतामा सञ्चालित एक कार्यपाक्रमको विच पाख्रिवास नगरपालिका प्रमुख वृष वहादुर राईले गर्नुभएको हो । डुङ्गा स्थानिय वजारवासी र समितिको जम्मा २ लाख ६० हजारमा खरिद गरिएको संसारिमाई सिमसार संरक्षण समितिले जनाएको छ । डुङ्गा यात्रा गर्न प्रति यात्रु १ सय शूल्क लाग्ने छ भने जेष्ठ नागरिक विद्यार्थि र अपाङ्गतालाई ५० प्रतिशत छुट दिईने जनाईएको छ ।

प्रत्येक यात्रु को यात्रा शूल्क वापतको १० प्रतिशत स्थानिय तहको विकासमा लगानि गर्ने जनाईएको छ । यसका साथै आजै सिमसार क्षेत्र प्रवेशद्वारको पनि उद्घाटन गरिएको छ । प्रवेशद्वार प्रदेश सांषद कुसुम कुमारि श्रेष्ठको सांषद विकास कोषवाट प्राप्त रू ४ लाखको लगतमा निर्माण गरिएको हो ।

त्यस्तै सिमसार क्षेत्र मै वन्न लागेको शिवको मूर्तिको समेत प्रदेश सांषद श्रेष्ठले शिलान्यास गर्नु भयो । शिवको मुर्ति पनि सांखद श्रेष्ठकै पहलमा वन्न लागेको कार्यक्रममा जानकारि दिईएको छ । झण्डै १५ रोपनि क्षेत्रफलमा फैलिएको यो सिमसार क्षेत्रमा यसअघि वुद्धको मूर्ति, ४ वटा वनभोज स्थल, प्रवेशद्वार, चिल्ड्रेन पार्क लगायतका स्थलहरु वनिसकेकाछन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖