अमेरिकी लडाकू विमानको उडान रोक्दैछौं : ब्राउन

वासिङ्टन । अमेरिकी बम हमलाकारी लडाकू विमानले दक्षिण कोरियाको आकाशमा उडान भर्न स्थगित गरेको एकजना अमेरिकी उच्च अधिकृतले सोमबार जानकारी दिनुभएको छ । दक्षिण कोरिया सरकारको आग्रह पश्चात उक्त निर्णय गरिएको उहाँले बताउनुभयो ।

अमेरिकी प्रशान्त हवाई फौजको नेतृत्व गरिरहनुभएका जनरल चाल्र्स ब्राउनले उत्तर कोरियाली आणविक गतिविधिलाई सम्बोधन गर्नेगरी भइरहेका कुटनीतिक प्रयत्नमा सकारात्मक वातावरण निर्माण गर्न सैनिक अभ्यास स्थगित गरिएको बताउनुभयो ।

अमेरिकी पत्रकारहरुलाई प्रतिक्रिया दिँदै जनरल ब्राउनले भन्नुभयो, “हालको कुटनीतिक वार्तालाई असर पर्न नदिने कुरामा हामी सचेत छौं ।”

अमेरिकाले सन् २००४ देखि गुआमस्थित हवाई अखाडामा अमेरिकी हवाई सैन्यबलले बमवर्षक बी–१बी, बी–५२ र बी–२ जहाजहरु तैनाथ गरेको छ । यी जहाजले उत्तर कोरियाको आकाश र सामुद्रिक क्षेत्रमा नियमित उडान गर्दछन् । यसक्रममा जापान, दक्षिण कोरया र अस्ट्रेलियाका सैनिक विमान पनि सहभागी हुने गरेका छन् ।

ब्राउनले कोरियाली प्रायःद्वीपमा बमवर्षक विमानको उडान स्थगित गरिए पनि विमानको संख्यामा भने कटौती नगरिएको बताउनुभयो ।

उत्तर कोरियाली नेता कीम जोङ अन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच गत जुनमा सिंगापुरमा भएको ऐतिहासिक शिखर सम्मेलन पश्चात् अमेरिका र दक्षिण कोरियाले गर्दै आएका विशाल सैन्य अभ्यासलाई सानो आकारमा सीमित गरिएको छ । रासस/एएफपी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।