चौबिसेकी वडासदस्यको निधन !
धनकुटा खबर । चौविसे गाउपालिका वडा नं.७ की निर्वाचित वडा सदस्य सन्तकुमारी लिम्बु(चेम्जोङ्ग)को निधन भएको छ ।
गएराती निधन हुनु भएकी लिम्बू नेपाली कांग्रेसबाट सदस्य पदमा निर्वार्चित हुनुभएको थियो । उहाँको धनकुटाको मुलघाट स्थित तमोरनदीमा चार तारे झण्डा अढाई अन्त्यष्टि गरिएको छ ।
लिम्बूलाई नेपाली कांग्रेस धनकुटका सचिव विजय सन्तोषी राई, कोषाध्यक्ष दिनेश राई, क्षेत्रिय सभापति जितेन्द्र राई लगाएत कांग्रेसका नेता कार्यकर्ताहरुले श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।

सो अवसरमा नेकपा धनकुटाका नेता तथा पूर्व सांसद टिकारम चेम्जोङ्ग,आदिवासी जनजाती महासंघ धनकुटका अध्यक्ष सञ्जय सन्तोषी राई लगायतले स्वर्गीय लिम्बुको पार्थिव शरिरमा फुलमाला लगाई लिई अन्तिम श्रद्धाञ्जली दिनु भएको थियो ।
२०१७ साल कार्तिक १७ गते जन्मनु भएकी नेपाली कांग्रेस धनकुटकी नेतृ लिम्बु विभिन्न समाजिक संघ संस्थाहरुमा नेतृत्वदायी भूमीका निर्वाह गर्दै आईरहनुभएको थियो ।


