अरुण कृषी सहकारीको नवौं वार्षिक साधारण सभा सम्पन्न

धनकुटा खबर । अरुण कृषी सहकारी संस्था पाख्रीवास १० चुङमाङको ९ औ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष गजेन्द्र राना मगरको अध्यक्षता तथा पाख्रीवास नगरपालिका १० नं वडाध्यक्ष हरी वहादुर खत्रीको प्रमुख आतिथ्यमा सञ्चालित साधारण सभामा लेखा संयोजक रमेश कुमार राईले आर्थिक वर्ष २०७४र७५ को ५ लाख ३९ हजार ६ सय ९ रुपयाँ वरावरको आर्थिक आयव्यय प्रस्तुत गर्नुभएको छ ।

साधारणसभाको अवसरमा सहकारीका दुईजना जेष्ठ शेयर सदस्य खड्ग वहादुर ठाडा मगर र रमादेवि पौडेललाई नगद सहित सम्मान गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि खत्रीले सहकारीको शेयर संख्या वृद्धी गर्नुपर्ने,पूँजी वृद्धीका लागि शेयर संख्या वृद्धी गर्नुपर्ने, शेयर सदस्यहरुवाट सहकारीमा विशेष सक्रियताका साथ काम हुनुपर्ने वताउनुभएको छ ।

सहकारीले शेयर सदस्यहरुको हकहितमा ध्यान दिनुपर्ने र समान शेयर वितरण हुनुपर्ने भन्दै सहकारीका लागि वडावाट सहयोग गर्ने नगरपालिकामा पहल गर्न तयार रहेको वताउनुभयो । कार्यक्रममा राष्टिय सहकारी बैंकका प्रमुख सिद्धि कुमार श्रेष्ठ,लिसिम्वु कृषी सहकारी संस्थाका अध्यक्ष ख्यामराज घिसिङ,सहकारीका शिक्षा समिति संयोजक कृष्ण प्रसाद लुईटेल लगायतकाले मन्तव्य राखेका थिए ।

स्वागत मन्तव्य संस्थाका सदस्य जय वहादुर योञ्जनले राख्नुभएको थियो । सञ्चालन सदस्य कृष्ण प्रसाद कट्टेलले गर्नुभएको थियो । शहकारीका अध्यक्ष मगरले संस्थाको अहिले सम्मको गतिविधि प्रस्तुत गर्नुभएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।