धनकुटाको पाख्रीबासमा बाँदर आतंक : बसाईसराईले रित्तियो गाऊ !

धनकुटा खबर । मानिस नै एउटा त्यस्तो सर्वश्रेष्ठ प्राणी हो, जसले प्रकृतीको हरेक खतरनाक जीव जनावरलाई पनि आफु अनुकुलको वनाउदै उनीहरुको संरक्षण सम्वद्र्धन गरीआफु सहज ढंगले वाँच्नेसामाथ्र्य राख्दछ र आफ्नो प्रीय चीजहरु आफ्नो नजिक राख्ने प्रयास गर्दछ तर धनकुटाको पाख्रीवास नगरपालिकाका विभिन्न वडाका स्थानिय किसानलाई यो प्रयास कठोर सावित भएको छ ।

यहाँका कतिपय किसान बाँदर आतंकले आफु जन्मेको थातथालो नै छाडेर अन्यत्र वसाई सर्न वाध्य हुँदैआएकाछन् । एक पटक हामी आफै पनि मन वाट विचार गरौ त । कति कठिन हुन्छ आफ्नो पूख्र्याैली थातथलो छाड्न ।

फेरी अर्को ठाउँमा खाने, वस्ने कसरी प्रवन्ध मिलाउने भन्ने अर्को चिन्ता त छदैछ । तर यहाँका स्थानियवासीले वार्षौदेखी यो पीडा भोग्दै आएकाछन् । आफुले लगाएको हरेक वाली बाँदरले खाएर उठाउन नै नपाउने अवस्था आएपछि उनीहरु अन्यत्र वसाई सर्न वाध्य भएका हुन् ।

साविक चुङमाङ ८ हाल पाख्रीवास नगरपालिका १० का किसान लिला वहादुर रोईलाले बाँदर आतंककै कारण त्यहाँको १४ घरपरिवार वसाई सरेर अन्यत्र गएपछि अहिले आफु एक्लै जस्तो भएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो “दिउसो त दिसो भईहाल्यो जुनेली रातमा समेत बाँदरले वालीनालीखाने गर्दछ, हामीले वाली उठाउन समेत पाउदैनौ, त्यस कारण स्थानिय सरकार प्रदेश सरकार वा संघीय सरकार समक्ष हाम्रो खाने वस्ने व्यवस्था मिलाई दिन आग्रह गर्दछु ।”

त्यस्तै गएको वर्ष करिव ३० रोपनी जग्गा क्षेत्रफलमा लगाएको मकै वाली बाँदरले खाएर ३० झुत्ता मात्र भित्र्याउन पाईयो स्थानिय जनप्रतिनीधि तथा किसान गोरख वहादुर राना मगरले भन्नुभयो । उहाँले साविक चुङमाङ ७ को स्थानियको वासै उठ्ने अवस्था सृजना भएको वताउनुभयो ।

आफु नै त्यहाँको स्थानिय जनप्रतिनीधि भएको हिसावले गत साल नै सम्वन्धित स्थानमा यो समस्याकोवारेमा कुरा उठाएपनि वजेट अपुगभएको कारण बाँदर व्यवस्थापन वा स्थानान्तरका लागि वजेट छुट्याउन नपाएको भन्ने कुरा सम्वन्धित पक्षवाट आएको उहाको भनाई छ ।

त्यती मात्र होईन त्यहाँका अर्का किसान मोहन रेग्मीको पनि व्यथा कम छैन । “पर्खेर पनि धर छैन, मकै त बाँदरले खान्छ नै । अझ भदौ महिनामा लगाईने वोडी लगायतका वाली समेत खरायो, दुम्सी, मृग जस्ता जनावरले टुसा मै खाएर उम्रिन समेत दिदैनन् । त्यसो भएपछि मेरो त वासै उठ्ने जस्तो भईसक्यो” स्थानिय किसान रेग्मीले भन्नुभयो । उहाँले पनि यो समस्या समाधानका लागि स्थानीय सरकारले केही पहल गरिदिए आफुहरुलाई सहज हुने वताउनुभयो ।

यता अर्का स्थानिय कृष्ण कट्टेलले साविक चुङमाङ ६,७,८ र ९ का स्थानियले लगाएको धान, मकै, गहुँ,जौ लगायतका वाली बाँदरले खाएर सखाप पार्ने हुँदा आफुहरुलाई वोहनी गरेर खाने विकल्प समेत नरहेको गुनासो गर्नुभयो ।

यो नगरपालिकाको चुङ्माङ मात्र नभई घामे, फलाटे, मुगा लगायत स्थानका वासिन्दाले समेतबाँदरको समस्या खेप्दै आएकोछन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।