थप व्यबस्थित बनाईएसँगै ‘नमस्ते झरना’मा पर्यटकको संख्या बढ्दै

भारत लगायत युरोपीयन देशका पर्यटकहरु समेत आउन थाले

धनकुटा खबर । धनकुटाको पर्यटकीय स्थल नमस्ते झरनामा पर्यटक आवागमनको संख्या दिनप्रतिदिन वढ्दो छ ।

जिल्लाको सागुरीगढी गाउँपालिका ६ सिम्सुवा स्थितको यो झरनामा यो सिजनमा विशेष गरी शुक्रवार र शनिवारको दिन वढी मात्रामा पर्यटकहरु आउने गरेको झरना व्यवस्थापन समितिले जनाएको छ । शनिवार त यहाँ २५ सय भन्दा वढी आन्तरिक तथा वाह्य पर्यटक आउने गरेको झरना व्यवस्थापन समितिका अध्यक्ष दिलिप लिम्वुले वताउनुभयो । त्यसदेखी वाहेक अन्य दिनमा पनि ५ सय वढी मानिसहरु झरनामा घुम्न आउने गरेकाछन् ।

झरना व्यवस्थापन समितिका अनुसार पछिल्लो वर्षहरुमा थप नयाँ स्थानका मानिसहरु समेत शैक्षिक भ्रमण तथा वनभोजका लागि आउने गरेकाछन् । झरना क्षेत्र परिसरलाई थप व्यवस्थित बनाउदै लगिएसँगै यहाँको सौन्दर्यतामा समेत सघाउ पुगेपछि यहाँ पर्यटकहरुको आर्षण वढेको हो ।

यसरी पर्यटक आवागन वृद्धी भए संगै यहाँका होटल व्यवसाय सञ्चालनमा समेत सहज भएको छ । अहिले यहाँ रहेका झण्डै १७ वटा होटलमा दैनिक डेड लाख सम्म आम्दानी हुनेगरेको अध्यक्ष लिम्वुको भनाई छ । नमस्ते झरनामा आउने पर्यटकहरुलाई सेवा दिने हिसावले अहिले त्यहाँ लजको समेत व्यवस्था रहेको होटलहरु सञ्चालित छन् । भने झरना सम्म जाने वाटोमा रेलिङ हाल्ने, खोलाका अप्ठ्यारो ठाउँमा पुल वनाउने, आगन्तुकहरुका लागि पोषक फेर्ने कोठाहरु वनाई सकिएको छ ।

त्यस्तै सूरक्षा व्यवस्थाका लागि झरना क्षेत्र वरीपरि तारजाली लगाउने काम पनि गरिएको छ । तर झरना तिर जाने सडकमा रेलिङ लगाईएको भएपनि कतिपय स्थानमा वालवालिकाहरुका लागि जोखिम युक्त ठाउँहरु रहेकोले यसलाई थप व्यवस्थित गर्न आवश्यक रहेको त्यहाँ घुम्न आउने पर्यटकहरुले सुझाव दिएकाछन् ।

यहाँ नेपाल र भारतको विभिन्न स्थान सहित युरोपीयन देशका समेत पर्यटकहरु आउने गरेकाछन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।