शेयरधनीहरुलाई शिक्षा-स्वास्थ्य खर्च दिने जनज्योती सहकारी धनकुटाको योजना !
जनज्योतीको छैटौँ साधारण सभा सम्पन्न
धनकुटा खबर । जनज्योती बचत तथा ऋण सहकारी संस्था धनकुटाको छैटौ साधारणसभा सम्पन्न भएको छ ।
साधारणसभाबाट सहकारीले शेयर सदस्यहरुलाई शेयर रकमको आधारमा नाफाको १५ प्रतिशत शिक्षा-स्वास्थ्य खर्च दिने योजना ल्याएको छ । सहकारी संस्थामा पाँच सय १४ जना शेयर सदस्यहरु रहेका सहकारीका अध्यक्ष विकास घिमिरेले जानकारी दिए ।
२०६९ सालमा स्थापना भएको सहकारी सस्थाको वचत ९९ लाख ६५ हजार सात रुपैयाँ रहेको छ भने ऋण लगानी एक करोड २१ लाख ११ हजार पाँच सय ९५ रहेको छ । बार्षिक साधारण सभाको अवसरमा संस्थाले धनकुटेली पत्रकार सन्तबीर लामा, नियमित किता बुझाउने ऋणी, उत्कृष्ट कर्मचारी, शेयर सदस्य लगायतलाई सम्मान तथा पुरस्कृत गरेको छ ।

कार्यक्रममा वोल्दै प्रदेश सदस्य लिला सुव्वा,जिल्ला प्रहरी प्रमुख सुरेन्द्र गुरुङ, जिल्ला सहकारी संघका सचिव दिनेश राई, नेकपाका ऋषिराम ढुंगाना, राप्रपाका टिकाप्रसाद घिमिरे, उद्योग वाणिज्य संघका अध्यक्ष उमेश घिमिरे लगाएतले बोलेका थिए ।


