धनकुटाको मुढेवास स्वास्थ्य चौकीमा ल्यावसेवा, अब धरान धाउनु नपर्ने
धनकुटा खबर । धनकुटाको मुढेवास स्वास्थ्य चौकीवाट सर्वसाधारणले अव थप स्वास्थ्य सेवा लिन पाउने भएकाछन् ।
चौविसे गाउँपालिकामा पर्ने यस स्वास्थ्यचौकीमा ल्यावसेवा सञ्चालनमा ल्याईएसँगै त्यहाँका सर्वसाधारणले प्रेसर, सुगर युरिक एसिड र जाँच सम्मको सेवा त्यहीवाट लिन पाउने भएका हुन् ।
यो सेवा चौविसे गाउँपालिकाको सहयोगमा सञ्चालनमा आएको स्वास्थ्यचौकी प्रमुख योगराज लिम्वुले बताउनुभएको छ । यसअघि ल्याव सेवाका लागि पनि त्यहाँका सर्वसाधारणहरु धरान सम्म धाउनु पर्ने वाध्यता थियो ।
मुढेवास स्वास्थ्य चौकीवाट चौविसे गाउँपालिकाको २, ३, ४ र ८ नं वडाका वासिन्दाले सेवा लिने गरेका स्थानिय शालिग्राम पौडेलले जानकारी दिनुभयो ।
सर्वसाधारणको स्वास्थ्य सेवामा पहुच विस्तार गर्ने लक्षका साथ ल्याव सेवा सञ्चालनमा ल्याईएको वताउदै स्वास्थ्यचौकीका अध्यक्ष तथा २ नं वडाध्यक्ष ममिन्द्र कुमार लिम्वुले आगामी दिनमा ल्यावमा अझै सेवा विस्तार गरिने वताउनुभयो । उहाँले वडामा एम्वुलेन्सको लागि समेत पहल गर्ने वताउनुभयो ।


