धनकुटामा एन आई सी एसिया बैंक, औपचारीक रुपमै कारोबार सुरु
विकास घिमिरे, धनकुटा खबर । एन आई सी एसिया बैंक लिमिटेडले धनकुटा नगरपालिका ७ मा आफ्नो शाखा स्थापना गरेको छ । भदौ ६ गते बाटै आर्थिक कारोकार सुरु गरेको बैकले आज बैंकको उत्घाटन गर्दै औपचारीक रुपमा नै बैंकिङ्ग कारोबार सुरु गरको हो ।
बैंक शाखाको उत्घाटन गर्दै धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङ्गले निजीस्तरका बंैकले शाखा स्थापना गर्दै धनकुटामा सेवा विस्तार गर्नु सकारात्मक रहेको बताउदै यसले वितिय कारोबार बढ्ने बताए । कार्यक्रमको स्वागत र धन्यवाद मन्तव्य राख्दै शाखा प्रबन्धक सुमन खत्रीले सबैको साथ र सहयोग लिदै बैंक अगाडी बढ्ने बताए ।



