धनकुटामा सांसद राजेन्द्र राई सहित नेकपा नेताहरु सवार जीप दुर्घटना !
धनकुटा खबर । आज धनकुटाको पाख्रीबास नगरपालिका वडा नं. ७ पिङ डाडामा प्रतिनिधि सभा सदस्य राजेन्द्र कुमार राई सवार जीप दुर्घटना भएको छ । दुर्घनामा परि प्रतिनिधि सभा सदस्य राईको दाहिने खुट्टामा सामान्य चाेट लागेको प्रहरीले जनाएको छ ।
वा १ झ ५८७१ नं काे साेही गाडीमा सवार नेकपाका नेता अर्जुन राई, नैन बिश्वकर्मा, शान्तिराम गाैतम, पाख्रिबास नगरपालिका वडा नं.३ का वडा सदस्य सराेज राई पनि साेहि दुर्घटनामा पर्नुभएको जनाईएको छ । उहाँहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।



